Posted by: Poonte July 29, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
बिर्खे माईला राजा, दर्शन स्वीकारें, असुर्फी हजूर कै बाहुलीले टिपि बक्सेला। हजूरको समयको अभावलाई धृष्टता मानि बक्सेको हजूरको अपरम्पार नम्रता प्रति आफ्नो कृतज्ञता समर्पण गर्दै, हजूर समक्ष यो बिन्ति टक्र्याउन चाहन्छु कि, हजूरको समय र परिस्थितिको वाध्यतालाई पूर्ण रुपले बुझि लिई स्वीकार गर्न सक्नु नै हाम्रो परो धर्म रहेको छ। समय र परिस्थितिले साथ दिएको अनुकुल अवसरमा हजूरले अवस्य नै हाम्रो आग्रहप्रति निगाह बक्सने छ। सरु भक्त भण्डारी, उर्फ "भउते", राजाको नव प्रतिबद्धता माथि रहेको हजूरको रायसंग हाम्रो पनि पूर्ण सहमति रहेको तथ्य जाहेर गर्दछु। आउँदा दिनहरुमा हाम्रा भउते राजाका निर्णयहरुमा असहमति भए पनि तिनमा कुनै दख्खल पर्न नदिने सल्लाह हजूर समक्ष फेरि पुन: बिन्ति टक्र्याउँदछु। सामान्य, रमणिय, तर भउते राजाको नजरमा "तुच्छ" मानिने जीवन शैली त्याग गर्ने राजाको निर्णयले शायद हजुर र हाम्रो जिन्दगीमा पनि केही अपरिहार्य सुधारहरुको जगेर्ना होलान् भन्ने तथ्यमा हामी बिश्वस्त छौं। हामी र हाम्री अर्घाङ्गीनी महारानी अब एउटा नेपाली वृत्तचित्र नजर हुन सवारी चलाउन लागि रहेका छौं। हाम्रो अनुपस्थितिमा भउते राजा लगायत सम्पूर्ण चौतारी वासिन्दाहरुको रेखदेख हजूरले गरिबक्सने छ। जो हुकूम, जो निगाह!
Read Full Discussion Thread for this article