Posted by: Poonte July 29, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
भउते भाई राजा, तारेमाम्! गाथमा आरामै होला भन्ने आशा गरेको छु। भाई राजा, हिजो साँझ फोन गर्ने प्रयास गरेको थिएं, तर आन्सरिङ मशिनमा गयो। अस्तिनै को "Jenny" भन्नेले बोलेकी थिई, हिजो फेरि अर्कै आईमाईले बोलेकी थिई, मशिनमा। भाई राजा सुघ्रन खोजिबक्सेको कुराले मेरो मनमा केहि शान्ति जगाए पनि, भाई राजाको चाहनाको कदर गर्नै पर्ने प्रण मैले गरेको हुँ। तर, को को परस्त्रीहरुको आवाज फोनमा सुन्दा खेरि, हैन मेरो प्यारो भाई राजा भउते उस्तै होईबक्सन्छ जस्तो मानेर खुशी त लागेकै हो, तर कतै त्यो तथ्यले हजुरकै सुध्रने प्रतिबद्धता माथि कलंक उब्जाउने हो कि भन्ने आपत्ति भाई राजा समक्ष बिन्ति टक्र्याउँदछु। खैर, भाई राजा डेरा सरि बक्सेको हो भने नयाँ नम्बर पाऊँ, अनि मेरो आशंका माथि हजुरले जरुर माफि जाहेर बक्सिने छ भन्ने पूर्ण आशा गर्दछु। जो हुकूम!
Read Full Discussion Thread for this article