Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
आलुको अचार बनाउने तरिका- क)अत्यन्त साधारण तरिका- १)आलु उसिन्ने २)टुक्रा पार्ने, नुन, हरियो खुर्सानिको टुक्रा राख्ने र कागतिको रस हाल्ने। ३)खाने ख) साधारण तरिका- १)आलु उसिन्ने २)टुक्रा पार्ने ३)नुन, हरियो खुर्सानिको टुक्रा, काँक्राको सानो सानो टुक्रा, प्याजको साना साना टुक्रा, अदुवाको साना साना टुक्रा, कागतिको रस हाल्ने तथा मिलाउने। ४)खाने ग) दामि तरिका- १)आलु उसिन्ने २)टुक्रा पार्ने (बोक्रा फाल्ने नि फेरि) ३)नुन, अलिकता बेसार, काँक्रोको साना टुक्राहरु, प्याजको साना टुक्राहरु, अदुवाको साना टुक्राहरु, हरियो धनिया काटेको, कागतिको रस हाल्ने तथा मिलाउने। ४)भिजाएको हरियो केराउ पनि हाल्ने। ५)अलिकता रातो खुर्सानिको धुलो पनि हाल्ने (राम्रो देखिन्छ र स्वाद बढाउँछ)। ६)तिल भुट्ने र ग्राइन्डरमा पेस्ट बनाउने। ७)उक्त पेस्ट पनि मिलाएर मल्ने। ८)तोरिको तेल अलिकता तताउने। ९)धेरै थोरै हिँङ्ग फुराउने र तत्कालै केहि मेथिका गेडा पनि फुराउने। १०)फुरेको मेथि र तेल अचारमा हाल्ने र मल्ने। ११)खाने र जिब्रो पड्काउने।
Read Full Discussion Thread for this article