Posted by: shirish July 25, 2007
Positive Poetry
Login in to Rate this Post:     0       ?        
We have read lots of poetry about the problems but very few are with solutions. This is also not so ideal but I liked the way it is presented - From Nepalikavita.com श्यामकृष्ण श्रेष्ठ यसपुस्ताका नवयुवकप्रति राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश । खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ? संकट घण्ट बज्यो, सुन्दैनौ - श्रवण शक्ति नै छैन कसो स्वदेशप्रतिको माया ममता तिम्रो मुटुमा छैन कसो ? मिचिसके कति खुला सीमाना नदी अनेकन शोषिसके पछुुतो पर्ला भोलि आज नै युवकहरू हो ! हेर्छौ के ? चार जात छत्तिस वर्णे सुन्दर यो फूलबारीमा परचक्रीको चहलपहल यो मातृभूमिको छातीमा युवापुत्र ! कति हेरिरहन्छौ आऊ न बाहिर आऊ छिटो स्वाभिमानको शिर निहुर्राई बाँच्नुभन्दा मर्नु निको । तथाकथित यी भ्रष्ट राजनेताले देश डुबाइसके हर्दाहर्दै मूल्यवान दशकाधिक वर्षगुजारीसके जानाजानै र्सार्वभौम सत्ताको धज्जी उडाइसके निरा व्यक्तिहरू स्वार्थपूर्तिमै परवशता स्वीकारिसके । यस्तो स्थितिमा राजनीतिको दलदलमा नफसेर तिमी छाती फुकाई आऊ अगाडि युवकहरू ! चट्टान बनी राष्ट्रघातीहरू जहाँ जहाँ छन् खोजी खोजी नाश गर युवाशक्तिको सामु पराजित हुन्छ अवश्यै शत्रुगण । आजै अहिल्यै देशभरिका युवकहरू ! संगठित बन राष्ट्रभक्तिको निम्ति अत्यन्तै गरिमामय दृष्टान्त बन स्वदेशको अस्तित्व सुरक्षण गर्ने दृढ संकल्प गर अतिक्रमित जे जति हुन् हाम्रो भू-सीमा विस्तार गर । राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा, हाम्रो भेष राख्छौं हामी सदा सुरक्षित हाम्रो माटो हाम्रो देश । (साभार: जनमत कविता खण्ड १ २०६४)
Read Full Discussion Thread for this article