Posted by: chanaa_tarkaari July 25, 2007
किनकि..अब म नेपालिमात्र रहिन...bitter truth
Login in to Rate this Post:     0       ?        
हैन वाह वाह के को लागि हो बन्धुहरु ?? यो कविता मार्मिक छ, यसमा लेखिएको कुराहरु यथार्थ हुन, मनको भित्री कुनासम्म तिनले छुन्छ, देशलाइ माया गर्नेहरु देशको अनिश्चित र लथालिङ्ग चालामाला देखेर दु:खित हुनाले तिनीहरुको भावनालाइ यो कविताले बोलेको छ , यसर्थ कविता सशक्त छ । यस्तो सशक्त कविता लेखनशैलिलाइ सबैले वाह वाह गरेको हो भने, लौ मेरो पनि वाह वाह । तर यो कविताले देश सपार्ने कुनै कुरा गरेको छैन, देश बिगार्नेहरुको कुनै बिरोध गरेको छैन, देशभक्तहरुको कुनै तारीफ गरेको छैन, ब्यङ्ग्य कै रुपमा सहि, नकारात्मक ध्वंसात्मक पक्षमात्रै चित्रण गरेको छ, एउटा नेपाली आस्था स्खलनको चरम पक्ष प्रस्तूत गरेको छ, के म त्यसलाइ वाह वाह भनेर ताली ठोकुँ ? थाहा चाहियो ।
Read Full Discussion Thread for this article