Posted by: भउते July 25, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ह्यात्तेरी, दोश्रो गजलमा त ह्रस्व-दीर्घ त बबाल नै ( "थरि" "भरि" "सरि" "धरि" "गरि" ) भएछ लौ ! पहिलोमा नि एक-दुई ठाउँ गल्ति देखेँ। धन्यबाद गौतम-जी गल्तिहरु औँल्याइदिनु भएकोमा। त्यो काफिया मिलाउन ह्रस्व-दीर्घ बिगारेको हैन। काफीयाकै लागि त्यति सारो गर्न पर्दैन जस्तो लाग्छ, ह्रस्व-इ र दीर्घ-ई उस्तै सुनिने भएकोले। तपाईँका सबै सल्लाह मुनासिब छन्। अनि त्यो "धरि" भनेको "पनि" जस्तै हैन र भन्या? म त त्यै सोँचेर "केहि नपाए पनि खोजे मैले यहाँ" भन्न खोजेको। somewhereondearth -जी, धन्यबाद। सासै रोकिने त के होस र ! बिर्खे-जी, हे हे, मन भरङ्गै भो रे ! धन्यबाद। ठुल्नानी, शिरिष-गुरु, लु प्रभो ! प्रतिक्षामा छु। पुच्छर समाउने भनेको, गुरु त कता हो कता पुगिसक्नु भो। अब त खुट्टाको डोब पच्छ्याउन नि गाह्रो भैसक्यो। सुमेधु-जी, धन्यबाद। उतैबाट हो हजुर ? मौन पाठकहरुलाई नि धन्यबाद है।
Read Full Discussion Thread for this article