Posted by: SateLite July 25, 2007
किनकि..अब म नेपालिमात्र रहिन...bitter truth
Login in to Rate this Post:     0       ?        
म अर्कोपल्ट देश फर्किँदासम्म मेरो देश रहने हो कि नरहने म कुदेका बाटाहरु अब निर्वाध हिँड्न क-कस्लाइ सोध्नुपर्ने हो आफ्नै घर अगाडि गोलिको 'Target' हुनुपर्ने पो हो कि ? किनकि म हिजोसम्म नेपालिमात्र थियँ देशलाइ माया गर्ने एउटा नेपालि तर समय बदलियछ धेरै..हिँजोको आजै म मधेसि,पहाडि,जनजाति,बाहुन,माडे,ज्यापु..अनि पुर्वेलि,पश्चिमेलि अनि हिमालिमा बाँडिइसकेकोछु अब म केवल नेपालि रहिन..म परिवर्तन भयको छु आफैलाइ क्रान्तिकारि देखाउने नाममा म के-के 'वादि' भयको छु साम्यवादि,साम्राज्यवादि,बर्गवादि,मावोवादि अनि यस्तै यस्तै.. नभन मलाइ अब नेपालि भनि..बरु सोध कुन 'वादि' भनि !!! अचेल म कति फरक भयको छु.. आफ्नै छेउमा नेपालि ढल्दा म मौनतामा बसिरहन्छु मेरै छिमेकिलाइ लागेको गोलि..म हाँसेर हेरिरहन्छु किनकि उसको र मेरो 'वाद' फरक भयको छ मानवता अनि राष्ट्रियता भन्दा..राजनिति ठुलो भयको छ को मर्यो भन्दापनि-कुन पार्टिको मर्यो त्यो अहं बनेको छ को समस्यामा पर्यो भन्दा -कुन समुदायको भन्ने ठुलो भयको छ मानवता हरायको देशको एउटा जडवादि नागरिक हुँ म जसलाइ आफ्नै आमाको म्रितुले पोल्दैन किनकि मात्रित्वभन्दा आज 'वाद' ठुलो भयको छ भ्रष्टहरुको देशको मौन बासिन्दा हुँ म.. किनकि भ्रष्टहरुसँग मेरो 'वाद'मिलेको छ सत्य र असत्य छुट्टाउने समय रहेन अब राजनितिक आश्था मात्र हेरिने भयको छ नत्र किन मरेका लाशहरुलाइ'मावोवादि'भनिन्थ्यो होला नत्र किन ढलेका नेपालिलाइ'सुराकि'भनिन्थ्यो होला किन बाहुन अनि जनजाति..अनि किन पहाडि र मधेसि मरेको लाश त केवल एउटा नेपालि हुन सक्दैन र.. किन लाशहरुको पछिपनि'वादि'लगाइन्छ ? देश टुक्राउने खेल म चुपचाप हेरिरहन्छु किनकि मलाइ भोट गुमाउनु छैन देशको सुरक्षाका निम्ति म राजनिति गर्दिन म मर्छु तर पायको कुर्सि छोड्दिन.. मेरो म्रितुसँगै देश रहोस या नरहोस..पर्वाह गर्दिन किनकि अब म नेपालिमात्र रहिन म जात,क्षेत्र अनि 'वाद' हरुमा बाँडियको छु नेपालि भनिनुभन्दा..मलाइ मेरो जातले बोलाउ किनकि अब म नेपालिमात्र रहिन मेरो ढलेको लाशमा राजनितिको आवरण लगाउ 'मावोबादि'राजावादि' या यस्तै यस्तै.. मलाइ नेपालि भनियर मर्नु पनि छैन मलाइ बाहुन,क्षेत्रि,लिम्बु अनि गुरुङ् भन...तर नेपालि नभन किनकि अब म धेरै'वाद'हरुमा बाँडिइसकेको छु म जात अनि क्षेत्रहरुमा टुक्रिसकेको छु..त्यसैले त अब म नेपालिमात्र रहिन.... !!!
Read Full Discussion Thread for this article