Posted by: sumedhu July 25, 2007
English Grammar Help needed desparately
Login in to Rate this Post:     0       ?        
If I could not get there,I will send him.( यो वाक्य व्याकरण अनुसार औपचारिक वाक्यमा गलत छ । if क्लजमा could भनेर राखेपछि अर्को क्लजमा will को सट्टा would लेख्नु पर्थ्यो । तर पनि तलको वाक्यको भन्दा यसो अर्थ फरक छ । यस्को अर्थ हो ' म त्यहाँ पुग्न सकेन्छु भने , मैले उसलाई पठाउँला' । यो वाक्यमा काल्पनिकताको वा अयथार्तताको मात्रा बढी छ अथवा काम हुने नहुने कुरमा वक्ताको विचारमा निश्चितता छैन ) If I cannot get there,I will send him. यो वाक्य अलिक यथार्थमा आधारित छ र वक्ता पुग्न सक्दिन होला भन्ने कुरामा बढी प्रष्ट छ र यसको विकल्प उसको मनमा स्फूरण भैसकेको छ।यसको अर्थ हो ' म त्यहाँ पुग्न सकेन्छु भने , म उसलाई पठाउनेछु ' । फेरि तपाईँले सोध्नुहोला यी वाक्यहरूको premises नै गलत छ किनभने 'पुग्न नसकेपछि कसैलाई कसरी पठाउन सकिन्छ भनेर । तर बहस व्याकरण र अर्थमाथि भएको छ, वाक्यको वैधता माथि हैन । तैपनि सूचनाको वर्तमान संसारमा यो पनि सम्भव छ । 2) What does the following sentence mean? (please clarify its meaning in Nepali) I had always thought that all my friends I would see on the streets were her friends too. सडकमा देखिने सबैजसो मेरा साथीहरू उनका पनि साथी हुन भनेर मैले सदैव सोचेको थिएँ। ( अरू पनि विकल्प हुन सक्छन ) 3) What are the rules to use 'could' and 'would' in english sentence? HOw 'could' differ from 'can' and 'would' differ from 'will'? यस्को सविस्तार चर्चाका लागि अहिले समयाभाव भएकाले क्षमा चाहन्छु । फेरि कुनै बेलामा भनौँला ।
Read Full Discussion Thread for this article