Posted by: Gautam B. July 25, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
साह्रै राम्रा गजलहरु भउतेजी! अरु पनि जाओस्। बरु त्यो "---भुवन भरी---"मा "भरी" को प्रयोग नमिलेको हो कि? 'भुवन' सबैतिर चहारेको अर्थमा हो भने 'भुवनभरि' हुन्छ, जुन अरु काफियासंग अलि नमिल्ला। (हुनत, नेपालीमा ह्रस्व-दीर्घको उच्चारणले केहि फरक पार्दैन, त्यसैले मिल्ला पनि।) 'भुवनमा भरेर' भन्ने अर्थमा हो भने 'भरी' मिल्छ, तर भउतेको अर्थ त्यो होइन होला। अनि 'हराए सरी' को साटो जोडेरै 'हराएसरी' ठिक होइन र? 'केही नपाए धरी---' मा 'धरी' को प्रयोग पनि अप्ठेरो लाग्यो। "घरमा चामल धरी छैन।" भन्ने उदाहरणको हिसाबले हेर्दा "नपाई ----धरी" गर्दा राम्रो होला कि? "----" मा 'माया' राख्दा हुन्छ कि जस्तो लाग्या थियो, तर मायै पाए पछि त किन अरि केहि खोज्नुपर्ला र? त्यै नपाएर यो गजल बन्यो, कि कसो?! अनि माथिल्लो गजलले त भउते अझै भट्टराइ बूढाकै दोस्ती रहेको देखाउँछ नि! साँच्ची हो भन्या?! छूचो मुख चिलाएकोले नबोली बस्न सकिएन, माफ पाउँ!
Read Full Discussion Thread for this article