Posted by: भउते July 24, 2007
English Grammar Help needed desparately
Login in to Rate this Post:     0       ?        
ल्वाम ल्वाम-जी, मेरो प्रयाश हेर्नुस, तर विश्वाश नगर्नुस। १: उत्तर: If I could not get there,I will send him. (यदि म त्यहाँ पुग्न नसक्दो भएँ भने मैले उसलाई पठाउने छु) If I cannot get there,I will send him. (यदि म त्यहाँ पुग्न सक्दिन भने मैले उसलाई पठाउने छु) शारांस: दुबै वाक्यले उही अर्थ / शुद्धता दिन्छ, तर पहिलो वाक्यमा बढी मीठास दिन्छ। जुन कुरा नेपालीमा पनि उत्तिकै लागू हुन्छ। २: उत्तर: I had always thought that all my friends I would see on the streets were her friends too. मैले सधैँ सोँचेको थिएँ कि सबै मेरा साथिहरु-- (जसलाई) मैले बाटोमा देख्दथेँ, उनीका पनि साथिहरु थिए। अर्थात, मैले सधैँ सोँचेको थिएँ कि मैले बाटोमा देखेका सबै मेरा साथिहरु उनीका पनि साथिहरु थिए। ३:उत्तर: सबै ठाउँमा त हैन, तर धेरै ठाउँमा can को सट्टा could र will को सट्टा would राख्दा भाषामा मीठास र सौहाद्रता आउँछ। यो कुरा नेपाली भाषामा नि लागू हुन्छ। जस्तै: I can do it. ( म यो गर्न सक्छु।)------------- I could do it. (म यो गर्न सक्दो हुँ।) I will do it. ( म यो गर्ने छु)------------- I would do it. (म यो गर्दो हुँ।) LOL !!!!!! कोही भाषा विशेषज्ञ आएर मलाई लात हान्नु अगि म यहाँ बाट बेपत्ता भए राम्रो हुँदो हो। :-) -भउते
Read Full Discussion Thread for this article