Posted by: Poonte July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
पहिले मैदा मुछ्ने। मुछेको मैदालाई कन्दै म:म: पकाउनि भाँडोमा कोच्नि। भाँडोको प्वालहरुबाट पिचिचि गर्दै निस्केको पिठोलाई लाईनसंग मिला'र आलुमिनम् ट्रे मा राख्नि, अनि ओभनमा सुकाउनि। कक्रक्क भएसि झिक्ने। सुईय सास फेर्नि, अहिले सम्म नपा'कि जिम्माल्निलाई सम्झेर आफ्नै खप्पराँ प्याट्ट हान्नि। ("हे दैव, मेरो कुईएको भाग्य!" भने नि हुन्छ, नभने नि हुन्छ -- अहिले भन्न मन छैन भने, फेरि पछि भन्ने मौका नि आउँछ) चाउमिनमा खासै भन्ने हो भने नेपाली्देसि मसलाहरु हालेको मिठो हुँदैन। (अब, जिम्माल्नि नपाएनि पुन्टे बुढाले कल्याण गरे भन्दै नमस्ते ठोक्ने, तर नपा'कि जिम्माल्नि नै हो जस्तो गरेर साईड चाईं नहान्ने! (मेरो गालाँ मुहाऽऽऽऽ गरे तिम्रा ओठाँ कोडी परि झर्ने छन्!) सुकेको पिठोको लम्साहुरलाई पानीमा उमाल्ने, अनि अलि अलि काँचो हुँदै तैराउनि। सुक्या खुर्सानी, प्याज र लहसुन फु-याउनि। (प्याकेटको चाउमिन प्रयोग ग-या हो भने, प्याकेटमा भा'को घिऊ नि तेल संगै मिसाउनि) तरकारी के के हाल्ने हो, सब हालेर भुट्नि। (छिकेन झन्डै बिर्सेको...फेरि एक बाजी नपा'कि जिम्माल्निलाई सम्झेर आफ्नै भाग्याँ "थुईक्क" गर्नि...पकाउनि भाँडो तिर होईन, सिंक तिर फर्केर) पहिलै उसिनेर टुक्रा पारेको चिकेन हाल्नि। चिकेन (ब्रोथ) क्यूब हाल्नि। चाउमिन संग आ'को मसला नि हाल्नि। २-३ प्याकेट आउमिनको लागि एउटाको मसलाले पुग्छ। उमालेर "साली ताक्दा कस्सिएको भउते, नपाए'सि लोत्र्या झैं परेको" लुलो पिठोको लम्साहुरलाई हाल्नि। मज्जाले चलाउनि। हात गल्छ होला, फिरि नपा'की जिम्माल्नि सम्झेर साईडको भित्ताँ खप्पर ठोक्नि, तर नफोड्नि। फोडिए, यमराज संग सिक्लाउ चाउमिन बनाउन। सोया सस र म्यागी सिजनिङ सस हालेर मज्जाले फिरि चलाउनि। आगो निभाउनि, ऐना हेरेर फिरि लास्ट पटक नपा'की जिम्माल्नि सम्झेर धुरु धुरु रुनि। पुन्टेको नाममा एक पनिऊ छुट्टयाउनि, धन्नेबाद दिनि, अनि हुसुर्नि। तारेमाम्।
Read Full Discussion Thread for this article