Posted by: shirish July 24, 2007
अचेल बिरोध जुलुस र टायर नबाली केही हुने छैन !
Login in to Rate this Post:     0       ?        
कर्मचारीले काम बन्द गर्ने काठमाडौं, साउन ७ - शान्ति सुरक्षा र निजामती ऐन तत्काल पारित गर्न माग राख्दै सरकारी कर्मचारीले मंगलबार काम बन्द गर्ने जनाएका छन् । कर्मच्ाारीको असुरक्षा बढ्दै गएको र ऐन नहुँदा कर्मचारीतन्त्र तहसनहस भएकाले समस्या समाधानका लागि सरकारलाई दबाब दिन काम बन्द गर्न लागिएको आन्दोलनरत निजामती कर्मचारी संगठन, युनियन र राष्ट्रिय कर्मचारी संगठनले जनाएका छन् । युनियनका महासचिव सुबोध देवकोटाका अनुसार सबै कार्यालयमा बिहान १० देखि ५ बजेसम्म कुनै काम हुने छैन । 'भन्सार, राजस्व, मालपोत कुनै पनि कार्यालय खुला हुने छैनन्' उनले कान्तिपुरसँग भने ।
Read Full Discussion Thread for this article