Posted by: PallaGhareAntare July 22, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
रात् बित्यो, नशा छुट्यो, मीठा सपना, सबै टुट्यो। फेरि उहि दिन्, उही रुटिन्, घर् काम्, काम् घर् बिरानो बिरानो लाग्छ सहर्। यथार्थ मा रमाउन, कहिले सकिएन, यो परदेश् हो हुन्न घर् जस्तो, चित्त बुझाउन कैले सकिएन। झल्को सधै घर् को आऊँछ, भुर्र उडी जाऊँ झैं हुन्छ, आमा, बाबा, भाई बैना, सम्झी ल्याउँदा भक्कानो फुट्छ। अब फेरि रात् कुर्नु छ होश् मा सकिन्न रैछ, बेहोशी मै सहि, एक् छिन् यो सब् भुल्नु छ। जदौ।
Read Full Discussion Thread for this article