Posted by: Birkhe_Maila July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
****ठुलिलाई वर चहिएको म्याट्रिमोनियल*** केटामा हुनु पर्ने गुणहरु- १) गोरो हुनु पर्ने। धेरै सेतो पनि हैन, धेरै कालो पनि हैन। शुद्ध दुधमा तिनपाते चिया अलिकता हालेको जस्तो रंगको हुनु पर्ने। २) जे भने पनि 'हुन्छ' भन्न सक्ने 'यस पर्सन' हुनु पर्ने। ३) चियामा जे सुकै चोपेर पनि खान सक्ने हुनु पर्ने। जस्तै- गाँजर, अन्डा, काँक्रो इत्यादी। ४) ठुलिले बोल्दा प्रयोग गर्ने स्टाइल; "तअआाााअआआअआअा" सिचुएसन अनुसार बुझ्न सक्नु पर्ने। ५) जतिबेला पनि चौतारिमा ठुलिको पोस्ट आउना साथ पढेर उत्तर दिन सक्नु पर्ने। ६) बिर्खे जस्तो बुढो हुन नहुने। ७) पुन्टे दाई जस्तो टाउको हुन नहुने। ८) कुम्ले जस्तो बिबाहित हुन नहुने। ९) भउते जस्तो जता पनि समाहित हुन नहुने। १०) हरितालिके जस्तो चाहिँ हुनु पर्ने। ११) मदनवा जस्तो देहाति भाषा बोल्न सक्ने हुनु पर्ने। १२) चिप्ले जस्तो; जस्तो भन्यो त्यस्तै फोटो टाँस्न सक्नु पर्ने। १३) चित्रे जस्तो सबै कुरा बुझ्न सक्ने हुनु पर्ने। १४) तितौरी जस्तो हाँस्न जान्नु पर्ने। १५) यामे जस्तो एक दिन आयो तिस दिन हरायो गर्न नहुने। १६)सान्नानि जस्तो प्रश्नको उत्तर दिन सक्ने हुनु पर्ने। १७) कुकुरलाई ताकेर ढुकुर मार्न सक्ने बाठो हुनु पर्ने। १८) परेलि झिम्क्याएर जुरेलिलाई घाइते बनाउन सक्ने हुनु पर्ने (त्यसैले भउते जस्तो हुन नहुने)। १९) खान नजाने पनि पकाउन जान्नु पर्ने र उक्त खाना ठुलिलाई मन नपरे फकाउन जान्नु पर्ने। २०) माथि लेखिएका सबै गुणहरु भएको सोझो हुनु पर्ने।
Read Full Discussion Thread for this article