Posted by: Poonte July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हो त नि, बाबै! यस्तरी हात्ती सुँढे पानी परो कि आज, हाँरो त टिरेन सिरेन बबाल भएछ। कता केनसिल, कता रि-राउटिङ्, कता ईनटरमिटेन्ट सर्भिस...अरबेलाँ ३० मिनेटाँ घर पुग्तिम्, आज ठ्याम्मै २ घण्टा लाओ। घर आएसि फिरि एउटोले फुन अ-यो। कता के के पढ्केर चईनि जमिन मुनिऽट "हुनुनुनुनुनु" अर्ने आवाज आ'छ रे। आकाशाँ धुँवै धुँवा रे। उ त हो न हो, बिन लादनले हान्यो के रे भुनेर भागेको रे। टि भि खोलेर हेर्छु त, स्टिम् पाईप एक्सप्लोजन रे। शहरको माझैं परेछ, वरि परिका बिल्डिङ्को झ्याल स्याल फुटेर सडक भरि रे। यसै त पानीले झन्डै बगा'को टिरेन, अब झन् कुन कुन कता कता लाने हुन्, के के हुने हो। जोई डेढ घण्टा अघि नै आईपुग्थि, अइले सम्म आई पुग्या छैनन्। जमिन मुनि टिरेनाँ फसि रा'होली, फुन पनि लाग्दैन। भो, शराब कै बयान तिर लागम्: उन् होंटो पे छुवा तो पानी भि शराब बन्ति। (आई मिईन, शराबको एक्सक्युज मा ओंठको बयान तिर लागम्!)
Read Full Discussion Thread for this article