Posted by: Rahuldai July 18, 2007
संविधान सभाका अनिवार्य सदस्यहरु ---
Login in to Rate this Post:     0       ?        
चनाजी, यो घोर कलियुगमा दुधले धोएको खोज्नु नै हास्यस्पद हुन्छ भने भेटिनु आठौं अश्चर्य हुने छ। ( दुधमा फोहर् पानी मिसिएको हुन्छ क्या र)। तर पनि उपलब्धहरु मध्येबाट् काम लाग्नेहरु छान्ने न हो। दोहोरो छबि भएका, नाकै थुन्नु पर्ने गरी गन्हाएका नव:दुकु हरुलाई स्थान दिनु पर्छ जस्तो लाग्छ। अर्को कुरा जति प्रचारमा आए नि नेता भनेका चोर् फटाह डाका, औठा छाप, बिबेकहिन आदि इत्यादि कुरा पनि अतिरंजित मात्र हुन। सबै नेता मा सबै बिशेषण उपयुक्त हुदैन र सबैमा आदर्श सदगुणहरु छन्। हजारौं पटक, गिरिजाल्को पुत्ला जलाए, तालुखुले गिरिजा भारत् तिर् फिरिजा भने, हवल्दार त स्थयी जागिर् नै भए। तर पनि आज गिरिजाको उपस्थिति मात्र पनि सन्तुलनको बिन्दु भएको छ। पार्टिहरुमा भ्रष्ट्रहरुको बोलवाल भए , पक्कै पनि हो। तिनको उपस्थिति र चुरुफुरि दिगो हुन सक्दैन। सबै पार्टिमा स्पष्ट भिजन भएका, सिद्धान्तनिष्ठ राजनैतिक दर्शनका ज्ञाता र वाख्याताह्रु छन्। त्यस्ता ब्यक्तिहरुलाई मात्र अघि ल्याएमा पनि नागरिक समाज, ब्यापारिक समाज बौदिक समाज कहिं बाट् पनि संबिधान सभामा आयात गर्नु पर्ने छैनन् जस्तो छ।
Read Full Discussion Thread for this article