Posted by: chanaa_tarkaari July 17, 2007
संविधान सभाका अनिवार्य सदस्यहरु ---
Login in to Rate this Post:     0       ?        
rahulvai तपाइले उल्लेख गर्नु भए जस्तै नेपालमा मौकामा चौका नहानेका ब्यक्तिहरु, देखाउने र चपाउने दाँत फरकफरक नभएका ब्यक्तिहरु खोज्न सारै मुश्किल छ । हरकोहि पनि कुनै न कुनै राजनीतिक आग्रहको नजीक रहेको भान हुन्छ । दुधले धोएका ब्यक्तिहरु पाउन मुश्किल नै छ । निकट भविष्यमा करीब ५०० जनाको जम्बो संबिधानसभा बन्ने र त्यसैले देशको मुहार फेर्ने खाका कोर्ने कुरो आइरहेको बेलामा राजनैतिक पार्टीका लठैतहरु मात्रै उपस्थित हुने संबिधान सभा अनुपयुक्त होला कि भन्ने सोच हो । उदाहरणको लागि बर्तमान ब्यबस्थापिका संसद नै हेरौ, काँग्रेस, एमाले, माओबादीका ७३-७३, र अन्य सबैका गच्छे र चाहनाअनुसार सांसद उपस्थित भएता पनि तिनीहरुको भुमिका केहि पनि छैन । न त्यहाँ नयाँ कुरो आउछ, न त्यसले कुनै राजनीतिक निकास दिन्छ, त्यो ठाउँ फगत नाराबाजि गर्ने र बार्गेनको निम्ति बहिष्कारको घुर्कि लगाउने ठाउँमा परिणत भएको छ ।‍ तर समाजमा एक किसिमको छवि बनाइसकेका र नयाँ ढंगले बहसलाइ अगाडि बढाउन सघाउने वा नयाँ नेपालको खाका कस्तो हुनु पर्छ भन्ने बहसमा सक्रिय भाग लिन सक्ने केहि मानिसहरुको नाम सोच्दा सरसरति सम्झिएका नामहरु हुन ती । तिनिहरुको उपस्थिति र सहभागिताले संबिधान सभाको बहस बिबाद र निष्कर्षमा निश्चित रुपमा प्रभाव पर्ला कि भन्ने मात्र हो ।
Read Full Discussion Thread for this article