Posted by: CaMoFLaGeD July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
आदरणिय स्रोता महानुभावहरु, गत हफ्ता यहाँहरुले हाम्रो कार्यक्रम “कफी विथ कुम्ले” मा हाम्रा चौतारीका अग्रज श्री जिम्माल बा, युवाहरुमा (अझ भनौ युवतीहरुमा) निकै पपुलर निशान्त थापा अनि त्यस्तै अहिले सबैको दिलमा छाइरहेका चौतारीका कम्पाउन्डर मदनवा सङ्ग भएका केहि कफी गफहरु सुनिहाल्नु भयो। मलाई थाहा छ यहाँहरुले नसोचेको तरिकाले कार्यक्रम सकिएको थियो। हजुर! मलाई पनि त्यस्तै लागेको थियो। कार्यक्रमलाई बिट मार्दा म पनि निकै हतोत्साहित भएको थिएँ। मलाईपनि चित्त बुझि रहेको थिएन। तर कार्यक्रमको समय सकिसकेको थियो, त्यहि भएर त्यस्तै अवस्थामा हामीले कार्यक्रम सक्नु परेको थियो। यहाँहरुलाई त्यसपछि के भयो भन्ने कुरा सुन्ने निकै इच्छा लागेको कुरा हामीलाई प्राप्त पत्रहरुले भनिरहेका छन्। हामीलाई पुर्व दार्जीलिङ, पशुपतिनगर, धरान, धनकुटा, हिले, त्यस्तै तराई तिर जनकपुर, सिराहा, सप्तरी, मलङ्वाबाट अनि त्यस्तै पर्वत, स्याङ्जा, नुवाकोट, कास्की लगायत पश्चिमी पहाडी क्षत्रहरुबाट निकै पत्रहरु प्राप्त भएका छन्। सबैको एउटै जिग्यासा थियो “त्यस्पछि के भयो?” हजुर!! “त्यसपछि के भयो?” हामी आजको कार्यक्रममा त्यसपछि भएका घटनाहरुलाई यहाँहरुको साम्मुन्ने जस्ताको त्यस्तै राख्नेछौ आजको कफी विथ कुम्लेमा! आउनुहोस स्वागत छ यहाँहरुलाई कफी विथ कुम्लेमा! अब कार्यक्रम सुरु गर्नु भन्दा पहिले सधै झैँ यो सानो कमर्सियल ब्रेक! कमर्सियल ब्रेक पछि स्वागत छ स्रोता महानुभावहरु आजको “कफी विथ कुम्ले” मा। हजुर! अघि मैले भने जस्तै आज हामी यहाँहरुलाई त्यो अन्तरबार्तामा लैजादैछौँ जहाँ हाम्रा निशान्त ज्यु र मदनवा एक आपसमा घम्सा घम्सी गर्न लाग्नु भएको थियो। अब हेरौ त्यस्पछि को भाग जस्ताको त्यस्तै: संवाददाता:... सेकुरिटी... सेकुरिटी... जिम्माल बा: हैन कुम्ले बाउ क्यार्न सेक रिट्ठे -सेक रिट्ठे गर्न लाएका? तिमीलाई के लाउछ, यी दुइ जना झगडा अर्न लाएका हुन? संवाददाता: हैन के भन्नु हुन्छ जिम्माल् बा? यहाँ लड्न सुरु गरिसके यिनीहरु उत्ता मैले यिनीहरु झगडा गर्न लागे भनेर कार्यक्रम समाप्त पारिसकेँ। जिम्माल बा: त्यहि भएर तिमी सोझो छौ नि कुम्ले बाउ। (निशान्त र मदनवा तिर हेर्दै) लौ अब पुग्यो! तिउँरा पिलानपुनी सउसेस भओ। अब बिचरा कुम्लेलाई क्यार्न सताउछौ? ओठ तालु सुकिसको बिचराको। निशान्त: खित... खित... खित… आम्बोsss बबाल र्‍याग गरियोन्त हो हाम्रो कुम्स पाटलाई। आबो हामी त ब्रो लाई बबाsssल टेन्स पार्दिने भनेर झगडा गरेको जस्तो गर्देकोन्त। मो आबो हाम्रो म्याड्स पाट सङ अनि जिम्स सुड्डा सङ झगडा गर्छु त ब्रो? मदनवा: झगरा कर्के हमिले कुमलवाके दिमाग पुरा घुमाइलियो झन्नै कर्जेक्रमके नाम “कुस्ती विथ कुमलवा” बनाइलियो जिम वाला बुर्हो और निसान्त दाजु सङे हमि किन लर्ने समुन्दर मे बसेर हमि सार्क सङे दुस्मनी मोल्ने? जे राम जि कि। संवाददाता: ओहो! त्यसो भए यो सब मलाई झुक्याएको? हत्तेरी! म मात्रै हैन हाम्रा हजारौँ स्रोताहरु बिगत एकहफ्तादेखि सुत्न सक्नुभएको छैन। एकजनाले पत्रमा लेख्नु भएको छ, “तपाईहरुको आत्मियताले भरिएको चौतारीमा यस्तो के भएको?” जिम्माल बा: कुरो कस्तो हो भन्दाखेरुन कुम्ले बाउ! चाइन्जो हेरि ह्याँट मुन्छेले कुरो बुझ्न पर्छ। चाइन्जो यत्ति सार्हो मिल्छौँ र न यत्तिको मजाक अर्न सक्छौँ। निशन्त: दाsssमि कुरा ठोक्यो हो हाम्रो जिम्स सुड्डाले। आबो हाम्रो इसारैsss इसारामा कुरा मिलिसकेको थियोन्त त्यहि भएर तिमीले पनि थाहा पाएन। आबो यहि हो त्यो खोइ कुन्नि के ले भर्देको चौतारी भनेको। नामै कस्तो गार्हो! मदनवा: जिम वाला बुर्हो ले भन्नु भएछ जो कुरा हमि पनि वहि भन्ने वाले थिएँ। वहि हो प्यार मे कहिले वार भि हुन्छ, पर दिल से हुन्देन, खालि बाहर दिखानेलाई हुन्छ। वहि इक्जैम्पल दिखाउनेको मन करेथ्यो हमि सबैको। झगरा वगरा हामि कहिले कर्दिन, सबैलाई वहि सन्देश दिने चहाने हमि सबै आज यहि कार्जेक्रम से। संवाददाता: ल अब ठिक छ त्यसो हो भने। बरु अब कार्यक्रमलाई अघि बढाऔँ, हुन्छ? ल एउटा प्रश्न गरौँ है त सबैजनालाई, तपाईँहरुले झट्ट सम्झिनु पर्दा चौतारीको कुन सदस्य सम्झिनु हुन्छ र किन? जिम्माल बा: चाइन्जो बडा गार्हो प्रश्न गरेउ कुम्ले बाउ। सउँझना त सबैको लाउँछ लाउनलाई तरपनि एउटा मात्रै नाम जो भन्नु भनेउ, चाइन्जो आफ्नै साक्खे भान्जो छ उसैको याद आउछ। क्यार्न उसैको याद आउछ भुन्ने परश्नको उत्तर दिनु पर्दा चाइन्जो अरु जम्मै हउताँ पाँच दिन काम अर्चन अनि अरु दुइ दिन रमाइलो अर्छन, हाउँरो भान्जो हउताँ चार दिन काम अर्च अनि तिन दिन सुतेर बिताउछ। रमाइलो कहिले अर्चौ भान्जा बाउ भुनेर सोध्यो, उहि काममा भा बेला अरिन्छ आफुँ त भन्छ, तिन दिन त मुढो ढले जस्तो लडिन्छ भन्थो। कि घराँ मस्त छु भन्छ कि काममा ब्यस्त छु भन्छ, त्यसलाई एउटी भान्जी बुहारी नखोजी भा’छैन। बरु तिम्रो कार्जेक्रम बाट यसो बिग्यापन अरौँ कोहि आइहाल्लिन् कि हाउँरो भान्जाको लागी। एकबार मैले निकै प्रयास अरे पछि बल्ल बल्ल आफ्नो फुटो टाँसेओ थिओ ह्याँ चौतारीमा तर तो सानेले क्यार्न हटाइदेछन्? निशान्त: बबाsssल क्वेसन हान्यो हो ब्रोले फिरी। आबो मोलाई त छप्कीहरु सबैsssको याद आउछन्त हो तरपनि आबो अलि सिरियस भएर भन्यो भने चाँहि हाम्रो चिप्स ब्रो को खूब याद आउछ। चिप्स ब्रो क्या चिनेनsss कुम्स पाटले? चिप्स ब्रो के त्यो बबाल पिक्सहरु टासेको हुन्छ नि हाम्रो चौतारीमा। अस्ति त बबाल झन्डै खोला मुनिको पुल को पिक्स राख्नु लागेको रैछन्त। मोइले त आबो फिक्स हान्नै पर्दैन भन्ने सोचिराको। आबो झ्याप्स भयो भने मात्रै पुलहरु खोला मुनि देख्छन्त। ब्रो ले त्यो पिक्स राख्देको भए, मोइले त फिक्स हान्नै पर्दैनथ्योन्त त्यसै खोला मुनि को पुल हेर्यो अनि फिट्टान भयो। मदनवा: अरे बाप रे! कैसन प्रश्न करिलिनुहुन्छ कुमलवा तपाइँ? ठिकै छ हमि एकबार सोच्छु और भन्छु। हमि लाई खाली वह हम्रे बड्की बेहेन को याद आइलिन्छ। हमि हेर्छु वहाँलाई जहिले पनि अप्ने मुह आँsss करिरहेको। हमिलाई डर लाग्छ कि कत्तै हमि उहाँलाई दबाई वबाई दिन बिर्सेछु कि कथि। संवाददाता: हा हा हा! ल अर्को प्रश्न चाँहि के भने, तपाईहरुलाई कन्फ्युज लाग्ने सदस्य चाँहि को हो? जिम्माल बा: चाइन्जो मलाई सबैभन्दा कन्फुज लाउने सदस्य त हेरि यहि निशे हो, रिसाएर बोलेओ हो कि हाँसेर बोलेओ हो बुझ्न चाइन्जो ज्यादै कठिन। आन्द्रै देखि जो कुरो अर्छ। निशान्त: आम्बो मोलाई कन्फ्युजिङ भन्देको जिम्स सुड्डाले खित... खित... खित...! मोलाई चाँहि हाम्रो भउत्स पाट बबाsssल कन्फ्युजिङ लाग्छन्त हो! आबो कहिले आफ्नै साली जिस्काउछ हो, कहिले पुन्ट्स सुड्डाको सालीपनि जिस्काउछ हो अन्त कहिले मेरै सालीलाई पनि जिस्काउछ हो। फिरी एक्कासी के हुन्छ हो आफ्नैsss सालीलाई “जि” भनेर बोलाउछ। आबो भउत्स पाट सज्जन हो कि हाम्रै ग्याङको केटाहरु जस्तो हो पत्ता लाउनु नै नसक्ने भइसक्योन्त मो। अनि फिरी अर्को कन्फ्युजिङ चाँहि पुन्टे सुड्डा छ कि, आबो कहिले भउत्स पाटको सालीलाई पनि जिस्काइदिन्छ हो कहिले फिरी “धोबिनीको पेटिकोटको कस्सsssम” पनि भन्छ है अनि फिरी कहिले बबाल कुन्नि के हो अद्यक्ष पनि भइदिएछन्त, आबो हामी जस्तै आवारा हो कि बबाsssल नेता हो पत्तै लाउनु गार्हो के। मदनवा: हमि इस्मे दुइ गो नाम लिन्छु, इक नाम छ चितरवा दाजु और दुस्रा हम्रे गुन्टवा! ससुरि जो आउनु हुन्छ चौतारी मे खाली बड्की बेहेन सङे मात्रै बात कर्नु हुन्छ। हमि सोच्छु कि कतै हमि 'एक फुल दो माली' त हेरे छुइन? संवाददाता: हाम्रो कुरा गर्दा गर्दै समय सकिन लागेको कुरा त यादै भएन। अब जानेबेलामा यहाँहरुलाई एउटा कुरा भन्छु, तपाइँहरुले मानेपनि नमानेपनि तपाइँहरु महिलाबर्गहरुमा निकै पपुलर हुनुहुन्छ। उहाँहरुलाई केहि म्यासेज दिन चाहनुहुन्छ? जिम्माल बा: घुमी फिरी रुम्झाटार! हाउरो कुम्लेले घुमाइ फिराइ यहिँ ल्याउछ कुरोलाई। ल एउटा सानो कविता छ उनिहरु सबैलाई: अनौठो शक्ति छ तिमीमा!! मैलेपनि, प्रयास नगरेको होइन बगावत नसोचेको होइन दिनरात बिताएर तिकडम नखोजेको होइन तर, सबै प्रयासहरु सबै कुटनितीहरु ब्यर्थ हुन्छन् जब मलाई हेर्दै तिमी मुसुक्क हाँस्छौ। मंगलबारे जदौ! यो बिर्खे माइलाको! निशान्त: आँsssच बबाल गयो है! क्या पोएम हान्दियो यार जिम्स सुड्डाले आबो सब चिक्सहरु सिक हुन्छ कस्सम! लु आबो मोपनि ट्राई हान्छु ल। मो हिड्ने बाटोमा तिमी आबो नहिड ल ! मोलाई घरी घरी आँखा तरेर नहेर ल !! त्यो हेराईको आदत लाग्यो भने के गर्ने? यस्तो हरिप मान्छे सुध्रियो भने के गर्ने? मदनवा: अरे बाप रे! कैसन कैसन कविता भन्नु भएछ सबैजनाले। ससुरि हमि लाई कविता लेख्ने बस्यो कि वहि लरकि नपाएको मात्रै सम्झना आउछ। वहि वला भन्छु: लरकि पाउने खातिर बहुत मिहिनेत करेछु सादी के खरचका भि हमि इस्टिमेट करेछु पैसा छे इस्टिमेट छे पर खरच कर्ने दिन आएन ससुरि इ उमेर भइगेलवा हमिले अझै लरकि पाएन जे राम जि कि। संवाददाता: वाह वाह वाह! सार्है राम्रा कविताहरु सुनियो! हवस त स्रोता महानुभावहरु, यस्का साथै आजको यो कार्यक्रम यहि सकिन्छ, धन्यवाद!
Read Full Discussion Thread for this article