Posted by: chanaa_tarkaari July 16, 2007
संविधान सभाका अनिवार्य सदस्यहरु ---
Login in to Rate this Post:     0       ?        
नयाँ नेपाल निर्माणको निमित्त संबिधान सभा नै मियो बन्ने कुरामा दुइमत नहोला । यतिखेर पनि संबिधान सभा होला वा नहोला भन्ने शंका कायमै छ । तर मुख्यकुरो संबिधान सभामा कस्ता कस्ता ब्यक्तिहरु हुन जरुरी छ भन्ने नै हो । निश्चित रुपमा राजनैतिक पार्टीका लौरो बोक्ने लठैतहरु चुनाव जित्न सिपालु हुन्छन तर तिनीहरु संबिधान सभामा गतीला योगदान दिन सक्ने नहोलान । राजनैतिक पार्टीका दिग्गज थिंक ट्याङ्कहरु चुनावि अन्तर्घातबाट पिडित भएर संविधान सभामा नअटाउने सम्भावना पनि रहन्छ । यसबाट हुनजाने क्षति भनेको गलत ब्यक्तिको हातमा डाडु पन्यु हुनु र पहिल्यै ध्वस्तप्राय नेपालको अझै बिनाश हुनु हो । समयमै सहि ब्यक्तिहरुको पहिचान हुनसके त्यस्तो दुर्घटनाबाट मुक्ति मिल्ला कि ? त्यसैले आउनुहोस तपाइले कसकसलाइ संविधान सभामा अनिवार्य देख्न चाहनुहुन्छ, नाम उल्लेख गर्नुहोस । संभव भए, किन उक्त ब्यक्ति तपाइको रोजाइमा पर्नु भयो त्यो पनि छोटकरीमा उल्लेख गर्नुहोस । हामीले यसरी सहि ब्यक्तिको मुल्याङकन गर्ने परिपाटी बसाल्न शुरु गर्दा शायद नेपालमा बसेर देशको सेवा गरीरहेका ब्यक्तिहरुलाइ केहि मात्रामा भए पनि नैतिक सहयोग पुग्ने आशा लिएको छु ।
Read Full Discussion Thread for this article