Posted by: happy days July 14, 2007
एक महिनाभित्र प्रचण्ड,उपेन्द्र र गोइत मध्ये एकको हत्या गर्ने दावी !
Login in to Rate this Post:     0       ?        
सरकारले वार्ताका लागि १५ दिने म्याद दिएकै दिन तराईमा केन्द्रित रहेको अर्को सशस्त्र समुहको घोषणा भएको छ । स्वतन्त्रताको नाराका साथ तराईमा हाल कि्रयशिल सशस्त्र समुहहरु राष्ट्रदोही भएको दावीका साथ सत्यवीर शर्माको अध्यक्षतामा शान्तिका लागि क्रान्ति तराई नामक सशस्त्र समुहको घोषणा भएको हो । विज्ञप्तिमा साउन महिनाभित्र माओवाद अध्यक्ष प्रचण्ड जनातान्त्रिक मुक्ति मोर्चाका जयकृष्ण गोइत ज्वालािसंह र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमध्ये एकको हत्या गर्ने दावी गरिएको छ । source: http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=3266
Read Full Discussion Thread for this article