Posted by: deshbhaktanepali July 14, 2007
K bhanya ho yesto?? Janta le kutchan bhanne darr ho ki???
Login in to Rate this Post:     0       ?        
hahahahahahaha राजालाई कैदीको रूपमा बजेटः नेपाल पाल्पा, जुलाई १४ एमाले महासचिव माधवकुमार नेपालले अन्तरिम संविधानले निलम्बित गरेका राजा ज्ञानेन्द्रलाई कैदीका रूपमा बजेट छुट्टयाइएको बताएका छन् । 'हामीले उनलाई राजाको रूपमा हैन, कैदीको रूपमा बजेट छुट्याएका हौ ।' महासचिव नेपालले भने । शनिबार प्रेस चौतारी तनहूँ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव नेपालले आर्थिक वर्ष२०६४/६५ मा राजदरबारका लागि छुट्टयाइएको साढे १२ करोडको बजेटमा भने र्समर्थन जनाए । 'यो रकम राजाका लागि थोरै हो, कैदीलाई बाँच्नका निम्ति थोरै रकम दिइएझैँ राजालाई पनि थोरै रकम दिएका हौँ ।' उनले भने । वर्षौदेखि मोटो रकम दिइने गरेको राजालाई अब चार महिना पाल्नु कुनै अचम्मको कुरा नभएको नेपालले बताए । 'अब कति दिन राजाले पैसा पाउने हुन र चार महिना त हो, संविधानसभा चुनावपछि त पाउनै छैनन् ।' नेपालले भने । संविधानसभाको निर्वाचनसम्मका लागि मात्र राजा ज्ञानेन्द्रलाई बजेट दिइएको नेपालको तर्क थियो ।
Read Full Discussion Thread for this article