Posted by: harigautam1 July 14, 2007
गोइत, उपेन्द्र यादव र ज्वालासिंहको भण्डाफोर
Login in to Rate this Post:     0       ?        
तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (विस्फोट सिंह) समूहका अध्यक्ष विस्फोट सिंहले मधेसमा आन्दोलनरत नेताहरूको भण्डाफोर गरेका छन् । उनले मोर्चाका गोइत र ज्वालासिंह समूह तथा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव भ्रष्ट र धोकेबाज भएको आरोप लगाएका छन् । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले गोइत, ज्वालासिंह र यादवसँग सहकार्य गरेर गम्भीर गल्ती गरेको भन्दै उनीहरूको 'पोल' पनि खोलेका छन् । पार्टी किन फुटाउनुभयो ? हामीले त पहाडियाको गुलामी गर् यौं तर हाम्रा बालबच्चाले पनि पहाडियाको गुलामी गर्नुपर् यो भने त हामीलाई नयाँ पुस्ताले धिक्कार्नेछन् । हामी यही कुरा सोचेर ज्यानको बाजी लगाएर संघर्षमा होमिएका थियौं । तर पछिल्लो समयमा आएर हाम्रा नेता भनाउँदाहरुले सबै बरबाद पारे । उनीहरु सबै व्यक्तिगत स्वार्थमा लागे । त्यसैले हामीले पार्टी फुटाउनुपर् यो । आफैंमा फुटेर कसरी लड्न सकिन्छ र - एउटै पार्टी ठाउँ भएर कसरी अधिकार पाइन्छ । आज गोइत, ज्वाला र विस्फोट एक ठाउँमा भएको भए कति शक्तिशाली हुन्थ्यो । नेताहरुमा कस्तो व्यक्तिगत स्वार्थ देख्नुभयो ? जयकृष्ण गोइतको व्यक्तिगत स्वार्थलाई हेर्ने हो भने उनी तराई मुक्तिको एजेन्ट बनेका छन् । मधेसी आन्दोलनको नाममा एजेन्टको काम गर्न थाले । उनी पूरै पैसामुखी बने । उनलाई पैसा भए पुग्छ । पैसाका लागि काम गर्दै छन् उनी । तराई मुक्ति कसरी गराउने भन्ने कुनै चिन्ता छैन । उनको व्यक्तिगत स्वार्थ बखान गरी साध्य छैन । एउटा छोरालाई रुसमा पढ्न पठाएका छन् । अर्को छोरालाई पटनामा पढाउँदै छन् । पटनामा उनले ºल्याट किनेका छन् । यस्तो व्यक्तिगत स्वार्थमा लागेको नेताले राजनीतिलाई सफल बनाउनै सक्दैन । होलीमा रंग खेले जसरी उनले सहिदको रगतसँग खेलबाड गरेका छन् । सहिद सुरज महतो देवनारायण यादव उग्रनारायण यादवको रगतको होली खेलिएको छ । जयकृष्ण गोइतले २०६१ देखि अहिलेसम्म दुई करोड ७५ लाख रुपैयाँ हिनामिना गरेका छन् । एउटा केन्द्रीय अध्यक्ष भएर यसरी भ्रष्टाचारमा लिप्त हुने हो भने अरुले पनि त्यस्तै गर्छन् । हामीले ज्वाला र गोइतबीच एकता हुनुपर् यो र पार्टीमा सुधार हुनुपर्  यो अन्यथा हामी विद्रोह गर्छौं भनेर पहिले पनि विज्ञप्ति निकालेका थियौं । हामीले बैठकमा गोइतजीलाई एकता गर्न मिल्न दबाब दियौं तर उनले मानेनन् । उनले एकता नगर्ने एउटै कारण व्यक्तिगत स्वार्थ हो । के गोइत र ज्वाला सिंह पैसाकै लागि फुटेका हुन् ? ज्वाला सिंहको पनि व्यक्तिगत स्वार्थ छ । सिराहा मिर्चैयाका राजेश्वर साहको तीन करोड पर्ने जमिन ज्वाला सिंहको नाममा छ । त्यो जमिन राजेश्वर साहलाई फर्काइदिउँ' भनेर गोइतजीले ज्वालाजीलाई भनेपछि दुवैबीच विवाद बढेको हो । पार्टीको आडमा जमिन बेइमानी भयो भनी रिपोर्ट परेपछि गोइतजीले जमिन फर्काउने निर्देशन दिए तर ज्वाला सिंहले मानेनन् । उनले आधा जमिन बेचेर पार्टीलाई बुझाउने प्रस्ताव ल्याए तर गोइतजीले जमिन पूरै फर्काउन निर्देशन दिए । बैठकमा हामी सबैले ज्वाला सिंह तत्कालीन पूर्वाञ्चल इन्चार्ज लाई जमिन फर्काउन भन्यौं । एउटा मधेसीको जमिन तराईका सुपुत्रहरुले बेइमानी गर्नु भएन भन्यौं । तर जति भने पनि नमानेपछि उनलाई पूर्वाञ्चल इन्चार्जबाट हटाउने चेतावनी दिइयो । त्यसपछि उनले एक साताभित्र जमिन फिर्ता गर्ने बचन दिए पनि त्यसो गरेनन् । केही नलागेपछि एक सातापछि गोइतजीले उनीमाथि कारबाही गरे । पूर्वाञ्चल इन्चार्जबाट उनलाई हटाइयो । जमिन फिर्ता गरेर आऊ पुनः पुरानै पदमा जिम्मेवारी दिइनेछ भनियो । त्यसपछि उनी पार्टीको सम्पर्कमा आएनन् । एक्कासि गोइतजीलाई सर्वमान्य नेता घोषणा गरेर उनले बेग्लै पार्टी गठन गरे । गोइत र ज्वाला िसंहबीच तुलना गर्दा कसलाई मधेसी मुक्तिका लागि प्रतिबद्ध देख्नुहुन्छ ? गोइतजीभन्दा ज्वाला सिंह धेरै बदमास मानिस हुन् । ज्वालाले मुक्तिको कुरा गर्छन् तर मधेसीलाई अपहरण गर्छन् मधेसीसँग फिरौती लिन्छन् र मधेसीलाई नै मार्छन् । तर ज्वाला सिंहले मधेसी जनताउपर गरेको शोषण दमनभन्दा गोइतजी र उनका कार्यकर्ताले गरेको अत्याचार पनि कम छैन । गोइतजीले मधेसी जनताको मुक्ति गर्छन् भन्ने विश्वास हामीलाई केही दिनअघिसम्म पनि थियो । तर अहिले आएर हामीले थाहा पायौं कि उनले मधेसी जनतासँग विश्वासघात गरे । गोइतजीले तराई र तराईका जनतालाई मुक्त गराउने भन्छन् तर व्यक्तिगत स्वार्थमा डुबेका नेताबाट कसरी सम्भव हुन्छ मुक्ति । एक त दुई सय ३२ वर्षदेखि नै तराई र तराईका जनतामाथि अन्याय भइरहेको थियो । त्यसको विरोधमा हामी बलिदानी भावना लिएर सशस्त्र संघर्षमा लाग्यौं । तर गोइतजीले आफ्नै पार्टी कार्यकर्ता र मधेसीमाथि अन्याय र अत्याचार गर्न थाले । त्यसैले हामीले पार्टीबाट विद्रोह गर् यौं । हामीलाई लाग्यो अब गोइतजीको नेतृत्वबाट मुक्ति सम्भव छैन । जनतान्त्रिकका तीनवटै समूहले माओवादीमाथि बढी आक्रमण गर्छन् किन ? माओवादीमाथि आक्रमण गर्ने एउटै उद्देश्य र कारण छ त्यो हो मातृका यादवले हामीविरुद्ध गरेको युद्ध घोषणा । मातृका यादवले सिराहा र सप्तरीमा आएर युद्ध घोषणा गरेपछि हामीले आफ्नो राष्ट्रियता गुमाउनु भएन । तिमी मधेसीको बच्चा हो भने मधेसीका लागि लड । आफ्नो अधिकारका लागि लड । पहाडियालाई के थाहा छ तराईमा को जनतान्त्रिकमा लागेका छन् भनेर वा मधेसी दलालहरुले चिनाइदिन्छन् । माओवादीले हाम्रा सुरज महतो बलराम यादव र उग्रनारायण यादवको हत्या गरिदिए । त्यसैले हामी माओवादीसँग युद्ध गर्दै छौं र युद्ध जारी छ । तपाईंले अलग पार्टी त गठन गर्नुभयो तर तपाईंको पार्टीमा विद्वान् पढेलेखेका र नीति बनाउने व्यक्तिहरु छन् ? छन् हामीसँग विद्वान् र नीति बनाउन सक्षम व्यक्तिहरु पनि छन् । कुनै पनि देशमा वा संगठनमा राजनीतिक व्यक्तिहरु नभएसम्म देश चल्दैन संगठन चल्दैन । नेता नभई देश चल्दैन र सेना नभई पनि देश चल्दैन । सेना पनि जरुरी छ । हाम्रो पार्टीमा पनि बुद्धिजीवीहरु छन् । एमएड पास गरेको व्यक्ति हाम्रो जिल्लामा इन्चार्ज छ । तपाईंहरु तीन टुक्रामा विभाजित हुनुभयो र एकले अर्काको आलोचना गर्नुहुन्छ । यो विभाजित शक्तिले सेना र प्रहरीसँग लड्न सक्छ ? आफैंमा फुटेर कसरी लड्न सकिन्छ र एउटै पार्टी १० ठाउँ भएर कसरी अधिकार पाइन्छ । आज गोइत ज्वाला र विस्फोट एक ठाउँमा भएको भए कति शक्तिशाली हुन्थ्यो । छिट्टै तराई र तराईका जनताले मुक्ति पाउँथे । तर गोइतजीले नीति त्यागेर व्यक्तिगत स्वार्थमा डुब्दा यो स्थिति भयो । अब एकता र मेलमिलापको सम्भावना छ कि छैन ? गोइतजीले गलतनीति त्याग्नुपर्छ । व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ । आफ्नो बिग्रेको छवि सुधार्नुपर्छ । अनि हामी उहाँसँग मेलमिलापका लागि वार्ता गर्न तयार छौं । तर उनले केन्द्रीय अध्यक्षको कुसर्ी छोड्नुपर्छ र अहिलेसम्मको गल्ती-कमजोरीका लागि तराईमा जनतासँग माफी माग्नुपर्छ । ज्वाला सिंहले पहिले राजेश्वर साहको जमिन फिर्ता गर्नुपर्छ । अब मात्र ऊसँग हाम्रो वार्ता हुनसक्छ । गोइत समूह र ज्वाला समूहमध्ये सैन्य शक्तिका आधारमा कुन बलियो छ हामी ? रहँदासम्म ज्वालाभन्दा गोइत समूह धेरै शक्तिशाली थियो तर हामी फुटेपछि अब ज्वाला सिंह शक्तिशाली भएका छन् । भारतीय बदमास र गुन्डाहरु प्रयोग गर्ने भएकाले ज्वाला सिंह शक्तिशाली देखिन्छन् । तर भाडामा गुन्डा परिचालन गर्दैमा हुँदैन । ज्वाला सिंहको कार्यकर्ता सहिद भएका हेर्दा भारतीय गुन्डाको अनुहार देखिएको छ । गौर घटनामा २८ जना वाइसिएल कार्यकर्ता मार्ने घटनामा तपाईंहरु तत्कालीन गोइत समूह को संलग्नता छ कि छैन ? हाम्रो संलग्नता थिएन र ज्वाला सिंहका कार्यकर्ताको संलग्नता छ छैन भन्नेबारे हामीलाई आधिकारिक कुरा थाहा भएन । उपेन्द्र यादवलाई कसरी मूल्यांकन गर्नुभएको छ ? उपेन्द्र यादव मधेसी फोरमका अध्यक्ष हुन् । लाहानमा आन्दोलन चर्कंदा गोइतजीका कार्यकर्ताले धेरै सहयोग गरेका थिए । लाहानमा मारिएका मिरा महतो गोइत समूहकै विद्यार्थी फाँटका कार्यकर्ता हुन् । फोरम पहाडिया शत्रुविरुद्ध लड्दै छ भनेर हामीले सहयोग गरेका हौं । तर हामीले जति सहयोग गरे पनि उपेन्द्र यादव बिक्री भएका छन् । मधेसी युवाले आन्दोलनमा रगत बगाए सहिद भए घाइते भए त्यही बेला उपेन्द्र यादव बिकेका छन् । पाँच दिन मात्र आन्दोलन लम्ब्याइदिएको भए गिरिजाले तेस्रो पटक सम्बोधन गर्नुपथ्र्यो । मधेसीका सबै साजाल सम्बोधन हुन्थ्यो । सबै समस्या समाधान हुन्थ्यो तर उपेन्द्र बिकेर सबै बरबाद भयो । उपेन्द्र यादवबाट मधेसी समुदायले आशा राख्न सक्छन् कि सक्दैनन् ? उपेन्द्र यादवसँग के शक्ति थियो र उसलाई कसले चिनेको थियो र उसलाई मधेसी जनताले हाइटमा ल्यायो तर ऊ बिक्यो । अब कुनै विश्वास छैन ऊमाथि । मधेसी जनताको विश्वास हट्यो उपेन्द्र यादवबाट । ऊबाट कुनै आशा राख्नु व्यर्थ छ । तराई र तराईका जनताको नाममा राजनीति गरेर उसले ठगी गरेको छ । तपाईंहरु आठ जना सैनिक कमान्डरले विद्रोह गर्नुभयो तर त्यसबाट केही कमान्डर पुनः गोइतमा फर्किए भन्ने सुनिन्छ के हो वास्तविकता ? जसोकुमार यादव विक्रान्त सिंह गलत तत्व निस्किए नि पुनः गोइत समूहमै फर्किए । पहिले चार लाख रकम हिनामिना गरेको आरोपमा उनीमाथि कारबाही भएको थियो । हामीले विद्रोह गरेपछि उनी हामीतिर आए । त्यसपछि गोइतजीले लोभ देखाएर उनलाई बोलाए । विक्रान्त उतै गए । गोइतजीले चार लाख असुल गरेर पुनः कारबाही गरेर निकालिदिए । अब विक्रान्त यता न उता भएका छन् । गोइतजीलाई त खालि पैसा चाहिएको छ । चार लाख रकम ठग्न उनले कारबाही फुकुवा गरे र पैसा तानेर पुनः कारबाही गरिदिए । गोइत समूहका अमिताभ जिल्ला सेक्रेटरी नथुनी सिराहा-सप्तरी जिल्ला इन्चार्ज मोहमद एरिया इन्चार्ज यी तीनजना तराई जनताका नाममा ब्रह्मलुट गर्ने मानिस हुन् । हामी जनतालाई आग्रह गर्न चाहन्छौं । यिनीहरु मधेसको हत्या गर्न संलग्न छन् । यी मधेसीकै हत्यारा हुन् । यिनीहरुलाई गोइतजीले अविलम्ब कारबाही नगरे हामीले कारबाही गर्नेछौं । कुनै हालतमा यिनलाई हामी छाड्दैनौं । जहाँ भेटे पनि कारबाही गर्छौं । पार्टीमा दलितहरुको प्रतिनिधित्व र उनीहरुप्रति गरिने व्यवहार कस्तो छ ? हाम्रो पार्टीमा सबै जातका मधेसीहरु छन् । हामी अहिले दुईवटा जात मात्र मान्दछौं । पहाडिया र मधेसी । मधेसी सबै एकै हुन् भन्ने हाम्रो मान्यता छ । छुवाछुत गरिँदैन । NAYA PATRIKA NATIONAL DAILY
Read Full Discussion Thread for this article