Posted by: harigautam1 July 13, 2007
कालीगण्डकी पनि विष्णुमती
Login in to Rate this Post:     0       ?        
सुन्दर नगरी बेनीबजारबाट पुल तरेर पर्वत प्रवेशसँगै बिहान-बिहान कालीगण्डकीको तिरमा काटमारको दृश्यले लामो दूरीको यात्रा गर्ने थाकुलगायत अन्य बजारका बासिन्दालाई टाउको दुखाइको विषय छ । सुन्दरताले भरिपूर्ण बेनीबजारमा र तीर्थयात्रुले पवित्र जलको रुपमा प्रयोग गर्ने कालीगण्डकीमा विगत आठ महिनादेखि रागो काट्ने कमाइ गरिरहेको छ भने सरकारी कार्यालयले त्यस कार्यप्रति बेवास्ता गरिरहेको छ । विगतमा सदैव पंक्षीको मासु बेच्ने कार्यमा संग्लन लाला नामका व्यक्तिले उक्त कार्य गर्दै आएका छन् । उद्योग वाणिज्य संघले देखावटी रुपमा सरसफाइको प्रयास गरेको छ । बेनीबजारमा प्रतिदिन लगभग दुईवटा रागाँ आठवटा खसी र एक सय ८० केजी कुखुराको मासु आवश्यक पर्छ । आपुनो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागिपर्ने विगतका प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी कर्मचारीले यस कालिगण्डकीको संरक्षँणतर्फ कुनै ध्यान दिएको देखिँदैन । उक्त काटमारको कार्यले गर्दा पुलमुनिको वातावरण दुर्गन्धित छ भने यात्रुले पानीलाई जलको रुपमा प्रयोग गर्न हिचकिचाइरहेका छन् । बेलैमा त्यस कार्यतर्फ चासो नदिने हो भने धार्मिक आस्था घट्नुका साथै कालिगण्डकीले काठमाडांैको विष्णुमतीको नयाँ रुपले बेनीको प्रसिि¢ कमाउने पक्का छ र अनैतिक कमाइ गर्ने व्यक्तिहरु अबका दिनमा कालिगण्डकीबाट खुल्ला हुने भएका छन् । - हरिकृष्ण शर्मा बेनीबजार वीरेन्द्र चोक हाल : मैतिदेवी काठमाडांै । नयाँ पत्रिक www.blogmandu.org
Read Full Discussion Thread for this article