Posted by: world_map July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आफ्नो त हिजो रातिदेखि ईन्टर्नेट बन्द भएर चियाउनै पाको थिइनँ। बल्ल अहिले अर्के साँचो लिएर छिर्न पाएँ, तर एकदम स्लो छ। ग्वाँचे, ठूली, राहुलदाइ, गोतामे, दुर्गे भाउजू, मिस दिदी, कुम्ले, उफ्री, जिम्मी बूढा सबैमा जदौ! ए आज त भानु जयन्ती रैछ! मैले कक्षा छ हुँदा आफैले लेखेको कविता सम्झेर केही लाइन लेख्दैछु। यो मेरो पहिलो कविता होला सायद। भानुभक्त थिए भानुभक्त आदि कवि हाम्रा लोकप्रिय भए उनी नेपाली सबका शिक्षा पाए उनले एक गरीब घाँसीबाट कविता लेख्न शुरू गरे त्यसैबेलाबाट धनन्जयका छोरा थिए हाम्रा भानुभक्त कविता लेख्थे उनी अति शसक्त उनले लेखे रामयण, बधुशिक्षा, प्रश्नोत्तरी पनि भानुभक्त थिए उनी कविताका धनी। ए! मैले त पूरै कविता सम्झ्या रैछु कि क्या हो, छ किलासाँ लेख्या कविता पनि? लु भानु जयन्ती मनाम् आज धूमधामले चौतारीमा।
Read Full Discussion Thread for this article