Posted by: miss_ me July 13, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
लौ जा यता नि राख्दिए मैले मेरो गन्थन । धागोलाइ माथि ल्याउने निहुमा :) ------------------ आऊ समाहित होउ मायामा, अनि सदभावका प्यालाहरु थप्दैजाऊ हरेकले निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामनाका तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर। जिवन एक चक्र यो तर बिन्दु जोड्न सकिदैन दिनरात को क्रमभित्र चाहे जति साथ पाउन सकिदैन जो मिल्यो त्यो सौभाग्य सबै सबैले कहा पाउनु ठक्कर अनि प्रहारमा आत्मियता ब्यर्थ घटाउनु त्यसैले, आऊ समाहित होउ भावनामा अनि अखण्ड मित्रतामा थप्दैजाऊ शक्तिहरु हरेकले बन्दैरहोस माला शक्तिपुन्जको थुंगाथुंगा गासिरहोस कालान्तरसम्म अकाट्य डोरी बनेर पराई आफ्नो कहिले थियो टुक्रदाको क्षणहरुमा जोड्ने त भाइ-भाइनै हो जर्जर फाटेको परखालहरुमा जो छ सो अदम्य छ सन्तुलन भित्र पराक्रम मारेर को सक्छ र ? रक्तकणहरुमा रक्तबिज त्यसैले , आऊ समाहित होउ निर्माणमा अनि सिन्चित गरौ प्रेमले मिलाऊ आऊ हातहरु अतिक्रमणकहिले हुनै नपाओस जिवनपर्यन्त मौलाइ रहोस अमोघ प्रेम बनेर ।
Read Full Discussion Thread for this article