Posted by: Rahuldai July 12, 2007
Login in to Rate this Post:
0
?
चौतारि फर्माइस् गीतको कार्यक्रम देखेर, हाम्रो जमानाको रेडियो नेपालको फर्माइस गीतको कार्यक्रम् याद आयो। पर्बेतेले भन्या जस्तै दिउसो १ बजे रेडियो पुन: प्रशारण हुन्थ्यो। सबै भन्दा पहिला, महिला कार्यक्रम। त्यसपछि फर्माइस गीतको कारय्करम् हुन्थ्यो ।साढे २ बजे समचार। त्यो १ घण्टे फर्माइस गीतको कार्यक्रम बडो ध्यान दिएर सुन्थेम। ५ हो कि ६ कक्षा पढ्दा चिठ्ठी लेख्ने तरिका सिक्यौं र फर्माइस गीतमा फर्माइस् गरेर पत्र लेखें। अनि त्यसपछि आफ्नो नाम् रेडियो ले फुकला र सुन्ला भनेर चान्स पायो भने रेडियो सुन्थे। स्कूलको हाफट्याम रेडियो सुनेरै बित्थ्यो।
संभवत आएन मेरो फर्माइस्। एक् जना काका पर्ने हुनुहुन्थ्यो( हाल् वहाँ माथितिर् गै सक्नु भा छ), उहाँको साथि रैछ, पान्डब सुनुवार्। उहांले सिर्फ नाम टिपाइ दिनु भए छ। हरेक गीतको फर्माइसमा "मरु टोल बाट, राहुल,ठुल्दाई, सानदाई, दाइ नै दाइ" बज्न थाल्यो। एक दिन हैन दुइ दिन हैन, महिना महिना दिन सम्म फर्माइसमा नाम आको छ आको छ। छिमेकि वरपरकाले जिस्काउन थाले, क्या हो काम छैन, फर्माइस पठाउदै बस्छस कि क्या हो भनेर। फेरि त्यो काकालाइ भनेर ( इरेजर दिएर) त्यो हाम्रो नाम मेट्न लगाइ दियौं। त्यसपछि जिन्दगिमा आफ्नो नाम् बजेन, आफ्नो नाम पढेन।