Posted by: gwanche July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तेइ त सोल्टि तोङ्बाको नसामा एक मोहोरको हवाइ पत्रमा फर्माइस लेखेर पठा'को अड्डा कै ठेगाना परेछ, केइ छैन त्यो पनि हाम्रो एक किसिमको ठेगाना नै हो नि, घरमा भन्दा बढि ट्याम तेँइ बित्छ। त्यो हवाइ पत्रको कथा सम्झ्या छ तिम्ले, अस्ती खानपिन गरिसकेपछि पैसा तिर्दा साउनिसँग फिर्ता दिने एक सुका खुद्रा नहुँदा निश ब्रोले साउनिले अरब ग'को आफ्नो बुढालाइ चिट्ठि लेख्न हुन्छ भनेर किनेर राखेको एक मोहोरको हवाइ पत्र खोसेको हैन्, खोसा खोस गर्दा दुइ तुक्रा भ'को हवाइ पत्रलाइ तेइ साउनि को पसलबाट टेप पनि खोसेर टाँसेको हैन, फेरि सेलो टेप नि रैनछ है, अनि त्यो बिजुलि को तारमा टाँस्ने पँहेलो टेपले टाँसेको हैन ! क्या रमाइलो भा थ्यो है! फेरी यो विकएन्डा नि जमुम न है, यसो गर्दा कसो होला? पुन्टे दाइलाइ नारा लगाउन बोलाउनु पर्‍यो जस्तो छ, हामि त जिन्दाबाद जिन्दाबाद भन्ने त हो नि, के जिन्दाबाद, कैले जिन्दाबाद, कसरि जिन्दाबाद के था हैन? जुलुस सिद्देसि ठाडो घाँटि लाउन पाउनु पर्छ, बस्!
Read Full Discussion Thread for this article