Posted by: Birkhe_Maila July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
रायोको साग पकाउने साधारण तरिका- भनिन्छ रायोको सागमा केहि हाल्नु पर्दैन त्यसै स्वादिस्ट हुन्छ। अझ लसुन बास्ना आउने रायोको सागको कल्पना गर्नुस त नमिठो होला जस्तो लाग्छ। तर हैन। कसरि? तल हेर्नुहोस!:) सामाग्रि- १) कलिलो रायोको साग - २ मुठा २) लसुन - २ वटा सानो पोटि ३) रातो खुर्सानिको धुलो - अलिकता ४) नून - स्वाद अनुसार बिधि- १) रायोको सागलाई धारामा मजाले धुनुहोस। २) मसिनो पारेर काट्नुहोस। ३) एकातिर राख्नुहोस। ४)हात धुनुहोस, पसिना पुछ्नुहोस र फेरि हात धुनुहोस। ५) लसुनको पोटिलाई सकेसम्म सानो सानो बनाएर काट्नुहोस। ६)एउटा बाक्लो तथा गहिरो भाँडो तताउनुहोस। ७)अलिकता तोरिको तेल हाल्नुहोस। ८) एकछिन मुसुक्क हाँस्नुहोस। ९)तेल तातेपछि लसुनका साना साना मसिना टुक्राहरु हाल्नुहोस। १०) मिठो बासना सहित लसुन रातो भएपछि खुर्सानिको धुलो फ्वाक्क हाल्नुहोस। ११) खुर्सानिको धुलो हाल्नासाथ रायोको साग हालिहाल्नोस नत्र खुर्सानिको खार आउँछ र हाच्छिउँ आउँछ। १२) स्वाद अनुसार नून हाल्नुहोस। १३) पानी नसुकुन्जेल मजाले चलाई चलाई पकाउनुहोस १४) मजाले पकाएकोमा आफैँ मख्क पर्नुहोस र खानुहोस।
Read Full Discussion Thread for this article