Posted by: Birkhe_Maila July 10, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
-डा. मबि सिंह यति हलुका भएँ सासले उडाउन थाल्छन् आफ्नै ढुकढुकीले रात ब्यूँझाउन थाल्छन् यस्सो सन्चो पार्ने औषधि लाउन थाल्यो घाउ नभएका ठाउँ चहर्‍याउन थाल्छन् वाहन-सुखको अनुभवमा मग्न हुँदा निर्धारित गति र गन्तव्य हराउन थाल्छन् अपराधको पक्षमा यति दक्ष वकालत प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन् म विरुद्ध उत्रेका सैतान नष्ट होलान् र - एकको टाउको काटे दस पलाउन थाल्छन् । -बोष्टन, अमेरिका मधुपर्कको गजल दा-------मी लाग्यो! :) http://www.gorkhapatra.org.np
Read Full Discussion Thread for this article