Posted by: shirish July 10, 2007
दुखद् खबर !!!
Login in to Rate this Post:     0       ?        
बोष्टनवासी नेपालीद्वारा सहयोग नेपालीपोष्ट प्रतिनिधि बोष्टन, अमेरिका, जुलाई १० गत महिना अचानक निधन हुनु भएका गेलु शेर्पाको परिवारका सहयोगको लागि संकलित रकम स्व शेर्पाकी विधवा निमा शेर्पालाई ग्रेटर बोष्टन नेपाली समाजका निवर्तमान सदस्य तथा नेपाली जनसर्म्पर्क समिति उत्तर अमेरिकका प्रवक्ता शिव प्रकाशले हस्तान्तरण गर्नु भयो । ग्रेटर बोष्टन नेपाली समाजको पहलमा करीव तीन हजार पाँचसय र नेपाली जनसर्म्पर्क समिति न्यू इङ्ल्याण्ड च्याप्टरको पहलमा करीव एक हजार पाँचसय गरी लगभग पाँचहजार अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराइएको छ । सो अवसरमा अमेरिका भ्रमणमा रहनु भएका नेपल सरकार, स्थानिय विकास मन्त्रायल अर्न्तर्गतको गुम्वा व्यवस्था तथा विकास समितिका अध्यक्ष डा. युला शर्ेपा, नेपाली जनसर्म्पर्क समिति न्यू इङ्ल्याण्ड च्याप्टरका अध्यक्ष पेमाङमिा शेर्पा र ग्रेटर बोष्टन नेपाली समाजका सचिव जाङ्वु शेर्पाको पनि उपस्थिति रहेको थियो भने स्व. शर्ेपाप्रति श्रद्धान्जलि समेत अर्पण गरिएको थियो । काम गरिरेको अवस्थामा अचानक विहोस बेहोस भई गत महिना निधन हुनु भएका स्व. शेर्पाका श्रीमती सहित दूइ वर्षो नावालक छोरा पनि छन् ।
Read Full Discussion Thread for this article