Posted by: भउते July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
केही चौतारी उखान टुक्काहरु : १- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै। २- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ । ३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी ४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर। ५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी। ६- जुन साली आए नि जिजु-फोबिया। ७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार। ८- बुझ्न जान्दैन, चौतारी टेढो। ९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो। १०- एक बिर्की रउसीमा डुबेर मर्नु। ११- भउतेले जिस्क्याको मुन्छे जिम्माल बा देखे नि तर्सन्छ। १२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ। १३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै। १४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)। १५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी। १६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी। १७- जहाँ जाला भउते, साली नै जिस्क्याउला। १८- तितौरी हराए झैँ हराउनी। १९- जिम्माल बुढो, निशे तन्नेरी। २०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै। (मार्नी भै ठूलीले म भागेँ यहाँ बाट)
Read Full Discussion Thread for this article