Posted by: Gautam B. July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
जदौ, तारेमाम्, नमस्ते! 'दशैं भन्दा तिहार पहिला' गर्नु ठीक हुन्न भनेर नयाँ नपढी पुरानो भ्याउन गईयो पहिला है। ए राता मकै! चौतारीको बुटो त नाङ्गै! सप्पै हाँगा-पात लुछेर सकिउञ्जेल पनि कति झगडा गरेर मोरेका हुन् गाँठे! क-कस्का खप्पर फुटे?! क-कस्का दाँत झरे?! अनि भएन अब नयाँ त राम्रै होला भनेर आ'को, यता 'नि झन उस्तै छ गाँठे! दुई-चार हाँगा लुछिसक्या छन्। भउते बुरुक्-बुरुक् उफ्रेर जे भेट्यो त्यसैलाई फूटबल खेल्दै हिन्या' छ। के रोग आयो हाम्रो गाममा? यी यो कलीको लिला अपरम्पार छ बा! केहि बुझ्या भे' मार्दिनु! ****** अनि क्यार्दै छौ त लाले अचेल?! भेट नभा' नि धेरै भो! सिरे त अलि पहिला आ'थ्यो एउबाजी, काका भने बेपत्तै भए। हुनत, खाउडो फेरेर आ'का पो छन् कि रामजाने! ****** कुम्लेलाई धन्यवाद भन्न झण्डै बिर्सिरा'! कुम्लेको धर्मकर्मको खाता बलियो होस्!
Read Full Discussion Thread for this article