Posted by: भउते July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हैन हउ लाले, क्यारिचौ भन्चु र अचेल तिमी। तिमी आउला र तुच्च तु्च्च पारुम्ला भनेर राखेओ सुकुटी, यसै किरा लाउला जस्तो भओ। अनि हिजो घिरिम्लोमा मिसाएर खाइदिएँ मैले त। अस्तो चाइन्जो जिम्मालले खसीकाटे के रे। २टा खुट्टा आफैले स्याहारे। ठ्याकै तेह्र धार्नी भो शिकार। दसैआँ छोरी ज्वाई आउछन भनेर मजाले छ धार्नी बिसौली शिकार सप्पै सुकुटी पारेर राखेका। २टा लाप्टा अस्तै मैले उछिट्याएर हिनेको। हिजो फेरि कुन सुड्को कुन सुड्को पुन्टेदाइ छिरेछन् र भुसुक्कै पोको पारेर हिनेछन्। त्यै सुकुटी जिम्माललाई नै धोबिनीले पिलेटको बिस रुप्पेमा बेची रे भनेओ सुनेर मत मुर्छै परेँ के रे नि। यसो मौकाहुँदी हामी नि फेरि झ्यालतिर बाट तान्न जान पार्छ कि के हो, सुकुटी?
Read Full Discussion Thread for this article