Posted by: nevermind July 9, 2007
Interesting Maoist News!
Login in to Rate this Post:     0       ?        
Dont waste your time, just a propaganda

हाल्सी बास र न्युजब्लेजको वास्तविकता

Filed under: समाचार र विचार, पाहुनाको पालो — Administrator @ 9:44 pm -अविन पराजुली- हाल्सी बास नामका एक व्यक्तिले त्यति नाम नचलेको एउटा साइट न्युजब्लेज डट कममा माअोवादी नेताहरुले भारतबाट स्विट्जरल्यान्डको बैँकमा पैसा ट्रान्सफर गरेको भनी लेखेको एउटा लेखका बारेमा यहाँ निकै चर्चा भएको देखेँ। मैले पनि आफूले थाहा पाएका केही कुरा पाठकहरु समक्ष बाँड्न चाहेको छु। - सबैभन्दा पहिला न्युजब्लेज डट कम भनेको चलेको, विश्वसनीय साइट हैन। यो अमेरिकाबाट सञ्चालन हुने साइट हो। यो साइटका बारेमा शंका गर्नुपर्ने ठाउँ धेरै छ। किनभने यो साइटको फ्रन्ट पेजमा हेर्नुभयो भने तपाईँहरुले देख्नुहुनेछ त्यहाँ इराक, इरान र नेपाल भन्ने छुट्टै सेक्सन रहेको छ। इराक र इरानसँगै नेपाल जस्तो देशलाई यो साइटले किन छुट्टै महत्त्व दिएर अलग सेक्सन खडा गर्यो, विचारणीय छ। विश्वमा अन्य थुप्रै देशहरु पनि छन्। समाचार महत्त्व राख्ने अरु थुप्रै देशहरु पनि छन्। तर नेपाललाई राख्नुको कारण के हो ? शंका स्वभाविक रुपमा उठ्छ। कसैलाई थाहा होला किन यस्तो गरेको ? - नेपाल सेक्सनमा प्रकाशित विभिन्न समाचार र विचारहरु हेर्नुभयो भने तपाईँलाई थाहा हुनेछ कि यो साइट कतातिर ढल्किएको छ। एउटा लेखमा त यस्तो पनि लेखिएको छ- Let me wish King Gyanendra all the best. Happy birthday! - उक्त लेखका लेखकको बारेमा साइटमा कुनै परिचय राखिएको छैन। अनि त्यस नामले अरु कुनै पनि लेख त्यहाँ लेखिएको छैन। त्यसैले त्यो नाम छद्म रहेको र कुनियतले त्यसलाई लेखिएको शंका गर्ने प्रशस्त आधार छन्। साइटमा राखिएको http://newsblaze.com/writers.html लेखकहरुको परिचयमा नेपालसम्बन्धी लेख्ने तीन जनाको नाम राखिएको छ- माइला बाजे, कमला सरुप र इन्द्र अधिकारी। तीनै जना राजावादी धारमा लेख्ने लेखक हुन् भन्ने जगजाहेर छ। राजावादीहरुको प्रभाव यो साइटमा परेको यसबाट पनि प्रष्ट हुन्छ। - हाल्सी बासले लेखमा मूल विषयलाई भन्दा पनि आफ्नो परिचयलाई बढी तन्काएर राखेका छन् जसले लेखलाई हास्यास्पद बनाएको छ। - रकमान्तर गर्नका लागि कुनै पनि नेता कुनै पनि देशमा जानु जरुरी हुँदैन। इ बैँकिङको यस्तो ठूलो क्रान्ति भइरहेको बेला रकमान्तर गर्न प्रचण्ड लगायतका नेता स्विट्जरल्यान्ड गएको भन्ने कुरा नै तर्कहीन सुनिन्छ। रकमान्तर तपाईँ नेपालै बसीबसी गर्न सक्नुहुन्छ। - स्विट्जरल्यान्डमा माअोवादी नेताहरु बाबुराम भट्टराई र प्रचण्डमात्र गएका हुन्। लेखमा हिसिला यमी र कृष्ण महराको पनि नाम राखिएको छ। - स्विट्जरल्यान्डका बैँकको गोपनीयता विश्वप्रसिद्ध छ। कुनै पनि हालतमा बैंकका कर्मचारीहरुले त्यस्तो कुरा अरु बैंकका कर्मचारीहरुसँग गफ गर्लान् ? शंका गर्ने ठाउँ छ। - बासले भनेको जस्तो बैंकका कर्मचारीहरुले सँगै ब्रेकफास्ट र लञ्च गर्ने ठाउँ cafe de Geneve उनले भनेको ठाउँ वरपर कतै भेटिँदैन। यी तथ्यका आधारमा के भन्न सकिन्छ भने न्युजब्लेज डट कम राजावादी धारबाट प्रभावित एउटा साइट हो र यसका लेखक छद्म हुन्। यो लेख आउनुको उद्देश्य तपाईँ आफैँ अनुमान गर्न सक्नुहुन्छ - अन्त्यमा, त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले एक खरब आन्दोलन भन्ने एउटा अभियान चलाएका थिए, त्यो अहिले कहाँ पुग्यो कसैलाई थाहा छ ? रानी ऐश्वर्याका नाममा स्वीस बैंकमा रहेको भनिएको त्यति ठूलो परिमाणको रकमका बारेमा सरकारले वा अरु कुनै निकायले सोधखोज गर्यो ? Source: http://www.mysansar.com/?p=1716
Read Full Discussion Thread for this article