Posted by: harigautam1 July 5, 2007
कोब्रा कमान्डर नागराज काठमाडौंमा
Login in to Rate this Post:     0       ?        
तर्राईमा सशस्त्र संर्घष् गर्दै आएको हतियारधारी समूह तर्राई कोब्राका कमान्डर नागराज अहिले काठमाडौंमा छन् । तर्राईबाट पहाडियालाई खेद्ने सशस्त्र व्रि्रोह गरिरहेका नागराजले आफैंले बोकेको बम विस्फोट हुँदा दुवै हात गुमाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । रौतहटको पिपरा-भलैया गाउँमा बम बनाउँदै गर्दा भएको विस्फोटमा गम्भीर घाइते भएका नागराज उपचारका लागि काठमाडौं आएका हुन् । १७ असारको बेलुकी बागमती किनारमा रहेको पिपरा-भलैया गाउँमा बम विस्फोट भएको थियो । घटनामा सोही गाउँमा ससुराली भएका नागराजसहित दुइ घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी सदरमुकाम गौरस्थित जिल्ला अस्पताल लगेको थियो र त्यहा उपचार हुन नसकेपछि पहिले वीरगन्ज र पछि काठमाडौं पुर्‍याइएको हो । प्रहरीले सुरुमा घाइतेलाई उद्धार मात्र गर्न खोजेको थियो, तर प्रहरीको गाडीमा उपचारका लागि हिँडिरहेका व्यक्ति 'मोस्ट वान्टेड नागराज' हुन् भन्ने प्रशासनले दुइ दिनपछि मात्र थाहा भएको हो । 'हामीलाई दोस्रो दिन मात्र विशेष स्रोतले उनी नागराज भएको सूचना दिएको थियो,' रौतहटका प्रमुख जिल्ला अधिकारी दुगाप्रसाद भण्डारीले बिहीबार नया पत्रिकासित भने । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउँदा नै रौतहट प्रहरीले उनलाई गिरफ्तार गर्न पर्सा प्रहरीलाई अनुरोध गरेको थियो । 'तर, प्रहरी पुग्नुअगावै उनी अस्पतालबाट डिस्चार्ज भइसकेछन्,' प्रजिअ भण्डारीले भने, 'हामी आफैंले उद्धार गरेर बचाएको मान्छे खोज्न धेरै गाह्रो भयो ।' सूचना पाएलगत्तै प्रहरीले राजमार्गका सबै क्षेत्र र नेपाल-भारत सीमा सुरक्षा जाचमा निकै कडाइ गरेको थियो । तर, उनी फेला परेनन् । 'उपचारका लागि काठमाडौं लगिएको छ भन्ने थाहा पाएपछि काठमाडौं प्रहरीलाई खबर गरेका हौं,' प्रजिअ भण्डारीले भने । त्यसलगत्तै काठमाडौंका सबै स्वास्थ्य संस्थामा प्रहरीले छापा मारेको थियो । अस्पताल, नर्सिङहोम र निजी क्लिनिकहरूमा समेत प्रहरीले खोजतलास गरेको भए पनि मंगलबार रातिमात्र नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अन्तरखेलमा उनलाई फेला पारिएको हो । 'काठमाडौंमा फेला पर्‍यो भन्ने सुनेपछि मात्र ढुक्क भइयो,' प्रजिअ भण्डारीले बिहीबार बेलुकी नयाँ पत्रिकासित टेलिफोनमा भने, 'उनको संगठन तर्राई कोब्रा पहाडियालाई खेदेरै छाड्ने अभियानमा सक्रिय छ । हामीले उनलाई मोस्ट वान्टेड सूचीमा राखेका थियौं ।' एनएमसी शिक्षण अस्पतालको बेड नम्बर ४५६ मा उपचार गराइरहेका कोब्रा कमान्डर नागराजको हेरचाहमा उनका छोरा योगेश र उमेश तथा श्रीमती कनककुमारी व्यस्त छन् । बम विस्फोटबाट क्षतविक्षत भएका उनका दुवै हात नाडीभन्दा तल काटिएका छन् । उनको छाती र पेटमा पनि बमका र्छराले भेटेको छ । बुधबार राति उनको शल्यक्रियाबाट दुवै हात काटिएको छ । अस्पतालका चिकित्सक डा. रमेश सिंहको निगरानीमा उपचार गराइरहेको नागराजको सुरक्षामा दुइजना नायव निरीक्षकसहित १५ जनाको प्रहरी टोली खटिएको छ । अस्पतालको दोस्रो तल्लामा रहेको अर्थोपेडिक विभागको गेटमा नै सइको कमान्डमा टोली राखिएको छ भने बिरामी रहेको क्याबिनको ढोकामा पनि चारजना सिभिल पोसाकमा छन् । नागराजलाई दुइ मन्त्री र सांसदले 'गोप्य' रूपमा भेटेका छन् । तर्राईबाट पहाडेलाई खेद्ने आन्दोलन घोषणा गरेको 'तर्राई कोब्रा' नामक संगठनका प्रमुख कमान्डर 'नागराज' अर्थात् राजेश्वरप्रसाद सिंहलाई विज्ञान तथा प्रविधि मन्त्री महन्थ ठाकुर र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले काठमाडौंमै भेटेका हुन् । नागराजलाई मन्त्री ठाकुर र कांग्रेस सांसद अमरेशकुमार सिंहले बुधबार र मन्त्री महतोले बिहीबार भेटेका हुन् । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का नेता रामेश्वर राय यादव त नागराजको रेखदेखमा अस्पताल वरपर नै छन् । मन्त्रीद्वय र सांसद सिंहले नागराजलाई भेटेको अस्वीकार गरेका छन् । नेपाली कांग्रेसका तर्फाट अन्तरिम संसद्मा मनोनीत सांसद सिंहले नागराजलाई भेट्न गएको ठाडै अस्वीकार गर्दै भने, 'यो कसैले फैलाएको र्‍युमर हो ।' तर, अस्पतालको शय्यामा रहेका नागराज र उनका परिवारले भने मन्त्री र सांसद भेट्न आएको स्पष्ट पारे । एनएमसी शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा ३ नम्बर क्याबिनमा रहेका नागराजका छोरा योगेशकुमार सिंहले सांसद सिंह बुधबार बेलुकी बाबु (नागराज) लाई भेट्न आएको बताए । नागराजकी श्रीमती कनककुमारीले पनि यो स्वीकार गरिन् । 'उहाँहरु आउनुभएको थियो, केही हुँदैन, चिन्ता नमान्नुस् भनेर जानुभएको छ,' उनले भनिन् । त्यस्तै पूर्वमन्त्री तथा सद्भावनाका नेता रामेश्वर राय यादवले भने नागराज आफ्नो पार्टीको कार्यकर्ता भएकाले उपचारमा सहयोग गर्न आएको दाबी गरे । तर, सद्भावनाका नेता हृदयेश त्रिपाठी भने उनी आफ्नो पार्टीको भए-नभएको स्पष्ट नभइसकेको बताउछन् । उनले भने, 'उनी हाम्रो पार्टीको भएकोबारे थाहा छैन तर, नेताहरू गएका छन् भने मैले बोल्न मिल्दैन ।' बिहीबार बेलुकी नया पत्रिकाले मोबाइलमा फोन गर्दा नेता यादव अस्पतालमै थिए । from nayapatrika
Read Full Discussion Thread for this article