Posted by: Rahuldai July 2, 2007
प्रचण्डको खतरनाक आह्वान
Login in to Rate this Post:     0       ?        
कुनै पनि राष्ट्रको हस्तक्षेपको आह्वान गर्ने कुनै पनि मुलुक को राष्ट्र्बादि हुन सक्दैन। मैले भन्दै आएको छु, नेपाली राजनीतिमा जे देखिन्छ त्यो होइन, जे देखिंदैन त्यो अन्दाज गर्न मुश्किल छ। भूमिगत रहदा सम्म प्रचण्डको भिमकाय ब्यक्तित्व थियो। पहिलो पल्ट भूमिगत अबस्थामै कान्तिपुर टेलिभिजनमा दिएकोर बी बी सी अन्तर्वार्ता सुने र देखे पछि लाग्यो- यो ब्यक्ति बन्दूक को नेता हो बिचार को होइन। पटक पटक बिबादास्पद अभिब्यक्ति दिन माहिर् प्रचण्ड वाइ सी एल कै मात्र प्रेसिडेण्ट् बन्न सुहाउंछ र लोकतान्त्रिक नेपालको राष्ट्रपति बन्ने दिवास्वप्न पूरा गर्न दुष्ट छिमेकीहरु को गुहार खोजेको हुन सक्छ। जति सुकै बल गरे नि संबिधान सभाको निर्बाचनमा तेश्रो शक्ति पनि बन्न नसक्ने वास्तबिकता बुझे पछि असन्तुलित दिमागको बर्बराहट मात्र हो। अर्को कुरा, प्रचण्ड र तिनको पार्टिको माइ बाप को हुन त? शंकाको घेरामा तिनै थरि छन्। भारतको सदासयता, चिनको राजदूत माओबादि भेष मा ( यो कुरा सत्य हो भने)मा जंगल भ्रमण अनि एउटै उद्देश्य बोकेका( अझ बिरेन्द्र संग कार्यगत एकता भएका) दरबार्। शंका तिनै तिर् भए नि ब्यक्तिगत रुपमा भन्नु पर्दा, एक जना बौद्धिक रुपमा दरिद्र तर आफू महान् हुं भन्ने भ्रममा बांचेको अर्ध पागल को अभिब्यक्ति हो, त्यसैले कुनै संबेदनशील वा खतराको सूचक मान्नु आबश्यक छैन। दरबार् ले अमेरिकी दूताबासको कर्मचारि को हत्या गरेर माओबादि को बदनाम गराउन षडयन्त्र गरेको ठोस सबूत छ भने जस्तै हो। सपनामा बाच्नेहरुले नौलो नेपाल् को सपना बेचि रहेछन्। किंकर्ब्यबिमुढ नेपाली जनता त्यहि सपना किनि राख्याछन्।
Read Full Discussion Thread for this article