Posted by: chanaa_tarkaari July 2, 2007
प्रचण्डको खतरनाक आह्वान
Login in to Rate this Post:     0       ?        
प्रचण्डको खतरनाक आह्वान आफूलाई खरो एकमात्र राष्ट्रवादी दाबी गर्दै आएका नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमाथि चीनले तत्काल ठूलै हस्तक्षेप गर्नुपर्ने बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामार्फत भएको यो सार्वजनिक आह्वानपश्चात् नेपाली माओवादीका कारणले चीन गम्भीर विवादमा तानिएको छ। यद्यपि यो आह्वानमा चीनको पनि सहमति छ कि छैन भन्ने ठहर गर्न चीन आफैंले नबोलुन्जेल मिल्दैन। प्रचण्डको अभिव्यक्ति नेपाली राष्ट्रियता र अस्मितामाथि खतरनाक धावा हो। भोलि यसैगरी आफ्नो अभीष्ट प्राप्तिका लागि कसैले भारत र कसैले अमेरिका, कसैले चीन र कसैले अर्कैलाई हस्तक्षेपको खुला आमन्त्रण गरे भने परिस्थिति के हुन्छ? प्रचण्डको अभिव्यक्तिबाट नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेल बनाउने 'नेपाली' षड्यन्त्रको पर्दाफास भएको छ। नेपालको राजनीतिक भविष्यको निर्धारण गर्न अर्को देशले हस्तक्षेप गरोस् भन्ने खुला निम्ता गरिएको सम्भवतः नेपालको यो पहिलो घटना हो। त्यसैले पनि प्रचण्डको भनाइलाई हल्का रूपमा लिन कसै गर्दा पनि मिल्दैन। साभार : http://weeklynepal.com/newsindex/columns/?npID=d3d9446802a44259755d38e6d163e820|5948&colID=a5bfc9e07964f8dddeb95fc584cd965d|5b4f&newsID=05a5cf06982ba7892ed2a6d38fe832d6|5a480101&pubDate=da7c257beecc6e749702ba3f88b156bf|5a4803074e401a5a4f मेरो बिचार: अनेकौ मोडमा भारतियहरुको इशारामा क्रियाशील भएका प्रचण्डले यो आह्वान पनि भारतियहरुकै इशारा बमोजिम गरेको हुनु पर्छ, ता कि यसबाट चीनको हस्तक्षेपको हाउगुजि देखाएर हाल नेपाल-भारत सिमामा तैनाथ भारतीय सैनिकलाइ भारतिय सुरक्षामा सुढृढ बनाएर नेपालमा सैनिक हस्तक्षेप गर्न सकियोस । खै के हो के, स्थिति जटील हुँदैछ ।
Read Full Discussion Thread for this article