Posted by: gaalab June 30, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सुगाले गीत गा'को कथा पढम्। छोराछोरी हुनेले छोराछोरीलाई सुनाउनू; छोराछोरी नहुनेले भाइ बहिनीलाई सुनाउनू; नजीकै भाइ बहिनी पनि नहुनेले साथीभाइका छोराछोरीलाई सुनाउनू; छोराछोरी भ'का साथीहरु पनि नहुनेले कोठाका मेच फर्निचर ओच्छ्यान टिभी आदिलाई सुनाउनू; कोठामा फर्निचर, ओच्छ्यान आदि क्यै पनि नहुने चाहिं ------------ माग्न जानू (कोठामा केही पनि नहुनेले के गर्ने त?)! सुगाले गीत गायो ! -- हरि खनाल राजनलाई चरा पाल्ने ठूलो रहर थियो । अरूका घरमा तित्रो, मैना वा सुगा पालिएको देखेर उसलाई असाध्यै लोभ लाग्दथ्यो । राजनको अनुरोधमा बाले एउटा चिटिक्क परेको पिँजडा ल्याइदिनुभयो । पिँजडा भए पनि चरा नभएकोले राजन दिक्क मानिरहेको थियो । पिँजडा त भयो । अब चरा, कहाँबाट ल्याउने - ऊ सोच्दथ्यो । साउन महिना थियो । बारीमा हरिया, पहेँला मकैका घोगा थिए । सुगाहरू आउँथे । खोस्टा छेडेर मकै खान्थे । त्यो देखेर राजनको मनमा पस्यो- 'एउटा न एउटा सुगा समात्न पाए ! धेरै दिनसम्म ऊ त्यही कुरामा घोत्लिरहृयो । एकदिन धागो लिएर मकैबारीमा पस्यो । मकैका घोगाबाट खोस्टा निकल्यो र धागोले मकैलाई अचम्मसँग बेर्‍यो । सुगाको एक बथान आहाराको खोजीमा आए । कहिल्यै नाङ्गो नदेखिने मकैका घोगालाई नाङ्गो देखेर सुगाहरू छक्क पनि परे । "हैन, यो के अचम्म ! अरूबेला चुच्चोले खोस्टा छेडेर बल्लतल्ल मकैका दाना भेटिन्थे । आज त खुला छ । कसले दया गरेछ -" एउटा सुगाले भन्यो । "हो त, जाऔँ पहिले त्यही मकै खाऔँ । अर्को सुगाले प्रस्ताव गर्‍यो । एउटा बूढो सुगालाई भने त्यो कुरा राम्रो लागेन । शङ्का पनि लाग्यो । "पर्ख ! खान पाइयो भन्दैमा क्वाप्प खाइहाल्नुहुँदैन । यस्ता कुरामा होसियार हुनर्ुपर्दछ । मकैलाई त्यस्तो बनाएर राख्नुमा कसैको चाल पनि त हुनसक्छ," बूढो सुगाले सबैलाई सचेत बनाउन खोज्यो । भोकले रन्थनिएका सुगाहरू भर्ुरर उडेर मकैको घोगामा ठुँग्नपुगे । सुगाहरू मकैको घोगामा रहेको धागोमा अल्झिए तर धेरैजसो फुत्किए । एउटा सुगाको खुट्टामा धागो कसियो र उड्न सकेन । ऊ तुन्द्रुङ्ग झुण्डिएर पखेटा फटफटाउन थाल्यो । अरू सुगा उडेर भागिहाले । मौका पर्खेर बसेको राजनले हत्तपत्त धागोमा अल्झिएको सुगालाई समात्यो । धागोमा अल्झेर आत्तिएको सुगा राजनको पञ्जामा परेपछि झन् साह्रै आत्तियो । राजनले सुगालाई माया गर्दै मुसार्‍यो र घरमा लगी पिँजडामा राख्यो । पिँजडाभित्र परेपछि त्यो सुगा झन् छट्पटायो र चिच्यायो । राजनले भने अझ बढी माया गरिरहेको थियो । उसले सुगाको नाम सुबोल राख्यो । रातो, चुच्चो, हरियो र सल्काइलो प्वाँख भएको सुबोलका आँखा झनै सुन्दर थिए । "पिँजडा सुहाउँदो सुगा समातेछ राजनले" बाले भन्नुभयो । राजनले सुगालाई दूध-भात दियो तर सुगाले हेरेन । "आमा सुगाले दूध-भात खाएन," ऊ करायो । "के गर्ने त - उसले कहिल्यै दूध-भात खाएको छैन होला । त्यसलाई मकै र कोदोको दाना राखिदेऊ," राजनकी आमाले भन्नुभयो । राजनले आमाको सल्लाह पनि मान्यो तर सुगाले अलि अलि मात्र खाएझैँ गर्‍यो र छोड्यो । सुगा झोक्र्याइरहृयो । ऊ बेलाबेलामा पिँजडामा ठुँग्थ्यो र पखेटा फट्फटाउँथ्यो । बाहिर उडेका र बोलेका कुनै चरा देख्यो भने सुबोल जोडले कराउँथ्यो । राजन सुबोललाई बोल्न सिकाउन खोज्थ्यो तर सुबोल वास्तै गर्दैनथ्यो । "आमा ! यो सुगा किन मसँग खुसी नभएको -" "तिमीसँग किन खुसी हुन्छ त -" आमाले उल्टै प्रश्न गर्नुभयो । "मैले यसलाई माया गरेको छु । आहारा दिएको छु । यस्तो राम्रो चिटिक्क परेको पिँजडामा राखेको छु । अनि मसँग खुसी हुनुपर्दैन त -" "राजु ! तिमीलाई दूध-भात, खिर खुब मनपर्छ हैन त -" आमाले सोध्नुभयो । राजनले हो भनेर टाउको हल्लायो । "तिमीलाई यो पिँजडाजस्तै राम्रो एउटा घरमा लगियो । तिमीलाई मनपर्ने खाना दिइयो तर घरबाट बाहिर निस्कन दिइएन । भने तिमी कत्तिको खुसी हुन्छौँ -" आमाले सोध्नुभयो । "कहाँ खुसी हुनु - पहिलो कुरा घरबाट बाहिर निस्कन नपाइने, त्यसो भएपछि साथीभाइ भेटिने कुरै भएन । आमा, बाबा, भाइ, बैनी पनि नहुने । म त एकछिन पनि बस्न सक्दिनँ आमा," राजनले भन्यो । "हो छोरा ! सुगा किन खुसी भएन भन्ने कुरा अब आफैँ बुझ" आमाले भन्नुभयो । आमाको कुरा सुनेर राजन गम्भीर भयो । उसले धेरै बेरसम्म सुबोललाई सुमसुम्याइरहृयो । के गर्ने - केही निर्ण्र्ाागर्न सकेन । त्यस रात राजनले सपना देख्यो । सपनामा आमाले भने झैँ उसलाई एउटा घरमा लगेर थुनियो र मीठा-मीठा खानेकुरा दिइयो तर उसलाई केही खान मन लागेन । 'मलाई छोडिदेउ, मलाई छोडिदेउ' भनेर चिच्यायो । ऊ चिच्याएको सुनेर आमाले बोलाउनुभयो । आमाले बोलाएपछि उसको सपना टुट्यो । बाहिर घाम लागिसकेको थियो । राजन आँखा मिच्दै उठ्यो । हातमुख धोयो र सुगालाई माया गरेर दाना खुवाउन थाल्यो । अरूबेला जस्तै अलिअलि खाएझैँ मात्र गर्‍यो सुबोलले । "सुबोल ! मेरो हातले दिएको खाने यति त हो, खा न" ऊ करायो तर सुगा झोक्र्याइ मात्र रहृयो । राजनले पिँजडाको ढोका खोल्यो र सुगालाई बाहिर निकाल्यो । एकपटक माया गर्‍यो र भन्यो- "सुबोला ! म तेरो खुसी खोसेर कसरी रमाउन सक्छु - जा उडी जा, आफन्तहरूकै बथानमा जा ।" राजनले छोडेपछि सुबोल भर्ुरर उड्यो र खुसीले आकाशमा फन्का मार्‍यो । फर्केर आई घरको सामुन्ने रहेको ओखरको बोटमा बस्यो र कराउन थाल्यो । राजनलाई लाग्यो, सुबोल स्वतन्त्र भएको खुसीमा गाइरहेछ । एकैछिनमा सुबोलका साथीहरू आए र खुसीले रमाए । राजनले सुगालाई बोलाउँदै चारा छर्‍यो । सुगाहरूले आहारा टिपे र भर्ुरर उडे । राजनलाई त यो दृश्य सारै रमाइलो लाग्यो । उसले झुण्डिरहेको रित्तो पिँजडालाई मिल्कायो । सुगाहरू गीत गाउँदै माथि-माथि उडे । http://www.gorkhapatra.org.np/mag.php?p=muna/2064/02/inner/inner5
Read Full Discussion Thread for this article