Posted by: chanaa_tarkaari June 29, 2007
सन्तान छन् तर बुढेसकालमा सहारा छैन
Login in to Rate this Post:     0       ?        
सन्तान छन् तर बुढेसकालमा सहारा छैन - कविता पराजुली काठमाडौं । मानिसहरु छोरा पाउनको लागि हत्ते गर्दछन् । छोराको लागि मन्दिर मन्दिर पूजाको लागि धाउनेहरु अनि छोरा नै हुन्छकी भनेर विभिन्न खालका पूजालाउनेहरुको कमि छैन नेपालमा । त्यसो त छोराको लागि विभिन्न डाक्टरसँग सल्लाह लिने अनि परिक्षणद्वारा आफ्नो गर्भमा छोरी रहेको थाहा पाएमा एबोस्रन गर्ने गर्भ तुहाउनेहरुको संख्या पनि कम छैन । छोरी विवाह गरेर आफ्नो घर जाने र छोराले बुढेसकालमा पाल्ने अनि वंश पनि थामिने धारणा राख्नेहरुको बलियो उपस्थिति भएका कारण अहिले वैध तथा अवैध जुनसुकै तरिका अपनाएर पनि गर्भ त्याग गर्नेहरुको संख्या बढिरहेको छ । विभिन्न धार्म गरेर पाएको छोराले भोली आफूहरुलाई नपाले छोरा भनेर हत्ते गर्ने बाबु आमाको हालत के होला सहजै अनुमान गर्न सकिन्छ पाटिको बास । आधुनिक बन्ने र भनाउने नाममा आजकल पश्चिमा शैलीको जीवन अँगाल्ने प्रवृत्ति बढ्दो छ । सानो परिवार अनि न्यूक्लियर फेमिलीको चलन बढ्दै जाँदा उमेरमा छोरा भनेर हत्ते गर्ने बाबु आमाहरु आफ्ना सन्तानबाट हेला भएर पाटिमा बास बस्नुपर्ने स्थितिमा छन् । छोराहरुलाई पढाउन आफ्नो तालुको पसिना पैतालामा गराउने बाबुआमालाई आफू सक्षम भएपछि छोराहरुले हेला गर्ने र घरबाटै निकाल्नेसम्मको स्थिति देखिन थालेको छ । यस्तो प्रवृत्ति सरकारी जागिर गर्ने अनि ठूलो पदमा रहेका भनाउँदाहरुबाट झन बढि हुने गरेको पाइएको छ । केही समय अगाडी पशुपति क्षेत्रमा रहेको बृद्धाश्रममा एक सचिवकी आमा पुग्नुले ठूलाबडा भनाउनेहरु आफ्ना अभिभावक माथि बुढेसकालमा अमानवीय व्यवहार देखाउन पनि पछि पर्दैनन् । नेपालका अधिकांश बाबुआमाहरु छोराको लागि जिन्दगी नै दाउमा राख्न तयार हुने खालका छन् भने छोराहरु भने आफ्ना बाबुआमाहरुको लागि सिन्का पनि भाँच्न तयार छैनन् । ठ्याक्कै भारतीय सिनेमाको जस्तो अवस्था छ भन्नुहुन्छ रमेश चुडाल । तनहुँ मनपाङ गाविसका सुकबहादुर परियारका दुई छोरा अनि एक छोरी छन् । छोराहरु कमाइ गर्नको लागि भारत गएका छन् भने छोरीको विवाह भइसकेको छ । छोराहरु नेपालमा जागिर नपाएका कारण नोकरी गर्नको लागि भारत गएका अनि बुहारी र नातीनातिना पनि उनीहरुसँगै गएका कारण उनीहरु अहिले घरमा एक्लै परेका हुन् । ६० वर्षको उमेरमा एक्लै दिन काट्न गाह्रो हुने उनको धारणा रहेको छ । घरबारी हेरेर बस्ने काम मात्र उनको बनेको छ उनी भन्दछन् वर्षको एकपटक दशैंमा घर आउँछन् तर यस वर्ष भने आएनन् । छोरी पनि ज्वाइँको साथ लागेर भारत गएपछि उनलाई झन एक्लो अनुभव भएको छ । श्रीमती पनि उमेरमै खसेका कारण आजकल उनी निक्कै निराश अनि हतास बनेका छन् । आफ्नै देशमा काम नपाउने अनि कमाएर परिवार पाल्न नसकिने अवस्था भएपछि अधिकांश नेपाली युवाहरु कमाइको लागि विदेश भासिने गर्दछन् त्यसको प्रतिफल उनीहरुका बृद्धबाबुआमाहरुले सहाराविहीन निरास जीवन बिताइरहनु परेको छ । कास्की हेम्जाका २२ वर्षीय हरिबहादुर थापा कामको खोजीमा साउदी अरबमा छन् उनका आमाबाबु अहिले घरमा एक्लै छन् । बुढेसकालमा भएको एक्लो छोरोलाई पनि विदेश पठाएपछि उनी एक्लै परेका हुन् । कहिले काही छोरीहरु भेट्न आउने गरेपनि आखिर उनीहरु आफ्नो घर जान परिहाल्छ अनि त घरमा सँधै हामी दूई बुढाबुढीमात्र थापाकी आमा खलिमाया थापा बताउँछिन् । अहिले ६५ वर्षको उमेरमा घर रुंगेर अनि खेतीबारी हेरेर बस्ने मात्र भएको छ जीवनमा खासै रस छैन थापा दम्पती भन्दछन् । थापा दम्पतीले माओवादी ७बचष्लनसन्दका समयमा सुरक्षित राख्नको लागि आफ्नो छोरालाई सानै उमेरमा बाध्यताले विदेश पठाएका हुन् । तनहुँ कोत्रेकी मातादेवी माझी आफ्ना दुई छोरा चन्द्रबहादुर र मानबहादुर छुट्टिएर बसेपछि एक्लै परेकी छन् । दुई बुहारीको बीचमा मेल हुन नसकेपछि दुई छोराहरु छुट्टा छुट्टै बस्न थालेपछि आमा मातादेवी बिलखबन्दमा मात्र होइन कसैले पनि वास्ता नगरेपछि वेसाहरा बनेकी छिन् । मातादेवी छोराहरुको व्यवहारले दिक्क छिन् रुँदै भन्छिन् "म बुढीलाई काल पनि लिन आउँदैन श्रीमान्को शेख पछि दुःखले हुर्काएका छोराहरु पनि मतलब गर्दैनन् । मसँग सम्पत्ति पनि छैन रोगले पनि थलिन थालेकी छु । साह्रै गारो भयो बाँच्न ।" त्यस्तै अवस्था छ अमेरिका अनि युरोपको जीवनशैली अनि आम्दानीको मोहमा परेर जानेहरुको परिवारको पनि अवस्था वेसाहारा नै रहेको छ । छोराहरु कोही अमेरिका अनि कोही क्यानडामा छन् तर बुढेसकालमा कोही पनि सहारा छैन अनामनगरी माया पौडेलको । आर्थिक रुपमा सक्षम भएपनि घरमा कोही नभएपछि जीवन नै निरश बनेको छ उनको । गत वर्ष पतिको देहान्त भएपछि त उनी िसंगो घरमा एक्ली बनेकी छिन् । पैसाको त केही दुःख छैन छोराहरुले पठाइरहेका छन् यहाँ पनि घरभाडाबाट धेरै नै आउँछ तर आफ्नो मान्छेको पो कमि भयो । यी त केही उदाहरणमात्र हुन् नेपालमा रहेको गरीबि अनि राजनीतिक अस्थिरताका कारण कमाइको सिलसिलामा लक्का छोराहरु कमाइको लागि विदेशिने भएपछि अधिकांश परिवारका बृद्ध सदस्यहरु पाको उमेरमा एक्ले सहारा विहिन बन्ने गरेका छन् । आर्थिक सामाजिक परिवेशले विदेशिन बाध्य भएका छोराहरुका अभिभावकहरु कष्टकर रुपमा आफ्नो अन्तिम समय गुजारी रहेका छन् । विदेश जानेका मात्र होइन मुलुकभित्र पनि जागिरको लागि अनेक जिल्लामा जाने छोराहरुले आफ्ना श्रीमती र छोराछोरी आफूसँगै लाने र बाबुआमालाई चाहिँ गाउँको घरमा नै छाड्ने चलनले बृद्ध उमेरमा निक्कै गाह्रो पर्ने गरेको छ । एक्लोपनले गर्दा उनीहरुलाई बाँकी जीवन जीवन भन्दा पनि काल कुराई बन्ने गरेको छ । हाम्रो समाजमा छोरालाई वंश धान्ने र बुढेसकालमा स्याहार सुसार गर्ने रुपमा बाबुआमाहरुले लिने गरेका छन् । त्यसैले उनीहरु छोराको लागि संसार लुटाउन पनि तयार देखिन्छन् तर बुढेसकालमा छोराहरुले एक्लै पार्ने घटनाहरु बढिरहेकोले अधिकांशको बृद्धावस्था संकटमा परेको छ । समाजले पराया धनको रुपमा लिने गरॆको र आफूहरुलाई समान हक अधिकार दिनुपर्दछ भनेर चर्का कुरा गर्ने छोरीहरुले पनि बिहे पछि आफ्ना बाबुआमाप्रति कुनै पनि कर्तव्यको भावना राख्तैनन् । त्यसैले त रामप्रसाद नकर्मी भन्दछन् - बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो कांधै माथि भनेझैं जति सन्तान भएपनि र उनीहरुलाई जतिको सुविधा अनि शिक्षा दिएपनि बृद्धावस्थामा कुनैले वास्ता गर्ने होइनन् आखिरमा बुढाको सहारा बुढी अनि बुढीको सहारा बुढा ।
Read Full Discussion Thread for this article