Posted by: shirish June 29, 2007
मोजाको गन्ध सर्वत्र समस्या
Login in to Rate this Post:     0       ?        
from kantipuronline.com मोजाको गन्ध सर्वत्र समस्या अतुल मिश्र काठमाडौं, असार १४ - मोजाले प्रेम प्रसंग टुटेको सुन्दा अनौठो लागे पनि यो यही महानगरको कथा हो । स्नातक अध्ययनरत रविन -नाम परिवर्तन) की प्रेमिकाले साथ छोड्नुको कारण एउटै छ ः गनाउने मोजा । 'बारम्बार मेरा समस्या औंल्याइन,' उनले दुःखी हुँदै भने- 'समाधानको धेरै प्रयास गरेँ, सकिन । अन्ततः उनले साथ छोडिन् ।' पीडितको लाममा रविन एक्ला छैनन् । एक तथ्यांकअनुसार मुलुकमा चर्मरोगको उपचारका लागि चिकित्सकसमक्ष पुग्नेमध्ये तीन प्रतिशतभन्दा बढी यसबाट पीडित छन् । गर्मी र वषर्ायाममा यो समस्या अरू बढ्छ । निरन्तर कसिलो जुत्ता लगाउनेहरू बढी पीडित छन् । पैतालामा उत्पन्न हुने ब्याक्टेरियाले विभिन्न रसायनिक प्रतिक्रिया गरी अन्य जैविक अम्लबाहेक वाष्पसिल सल्फर यौगिकसमेत निर्माण गर्छ । रसायनशास्त्री डा. विनय झा भन्छन्- 'कल्पना गर्नोस्, तपाईं कुहिएको अन्डा सुँघिरहनुभएको छ, यौगिकको यस्तै गन्ध हुन्छ ।' 'साथीभाइसँग बस्दा हीनताबोध भइरहन्छ,' यस्तै समस्यापीडित शिक्षा मन्त्रालयका एक कर्मचारी भन्छन्- 'कुनै पनि काममा क्षमताअनुसारको प्रस्तुतीकरण गर्न सक्दिन ।' 'मोजा गनाउने व्यक्ति आफैं बढ्ता सचेत हुने भएकाले प्राकृतिक रूपमै हीनताबोधको सिकार हुन्छ,' वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठ भन्छन्- ' ऊ अरूसमक्ष आफूलाई राम्ररी प्रस्तुत गर्न सक्दैन ।' अमेरिकन एकेडेमी अफ अर्थोपेडिक सर्जनका अनुसार १० देखि १५ प्रतिशत जनसंख्यामा पैताला गनाउने समस्या बढी देखिन्छ । सामान्य व्यक्तिको दाँजोमा उनीहरू लाई बढी पसिना आउने भएकाले यसो देखिएको हो । स्वदेशमा यस्तो अध्ययन गरिएको छैन । स्वास्थ्य तथ्यांकअनुसार सैनिक र प्रहरीमा यो समस्या बढी छ । १९ औं शताब्दीका रुसी सैनिक यस्तो समस्याबाट मुक्त हुन वाष्पीकरण हुने जडीबुटी जुत्तामा राख्ने गर्थे । यसले दुर्गन्ध हटाउन मदत गथ्र्यो । खुट्टाको पसिना र गर्मीले जीवाणु र ढुसीलाई विस्तार गर्न उपयुक्त वातावरण प्रदान गर्छ । यसको उपस्थिति मात्र खुट्टा गनाउने कारण होइन । जीवाणुले मृत छालाको कोष र आद्रता खान्छ । यसको सट्टामा फोहोर उत्पादन गर्छ । यही फोहोर पदार्थ खुट्टा गनाउने कारण हो । 'जुत्ता भित्रको गुम्सिएको वातावरण र उच्च तापक्रम जीवाणु र ढुसी -फंगस) बढाउने उपयुक्त वातावरण हो,' नेपाल मेडिकल कलेज, जोरपाटीका छाला र यौन रोग विभागका प्राध्यापक डा. अनिलकुमार झा भन्छन्- ' गनाउने खुट्टा व्यक्तिगत सरसफाइको अभावले हुन्छ ।' मोजा बनाउन सामान्यतया नाइलन उपयोग गरिन्छ । यसले सुतीले जस्तो हावा छिर्न दिँदैन । 'उपत्यकामा बाटोमा बिक्री हुने सस्ता मोजाहरू दुर्गन्ध बढाउन सहायक हुन्छन्,' प्रा. डा. झा भन्छन् । खुट्टामा करिब दुई लाख ५० हजारभन्दा बढी पसिनाका ग्रन्थी हुन्छन् । जुत्ताभित्रको तापक्रम सजिलै एक सय दुई डिग्री फरेनहाइटसम्म पुग्छ । पैतालाबाट निस्किने पसिनामा पानी, नुन, बोसो, लवण र विभिन्न अम्लको समिश्रण हुन्छ । पैतालाबाट औसत दिनहँु एउटा अन्डाको खाली बोक्रा भर्न सकिने मात्रामा पसिना निस्किन्छ । उक्त पसिना मोजा र जुत्ताले सोस्ने गर्छ । चिकित्सकहरूका अनुसार, नियमित रूपमा सामान्य वा एन्टिब्याक्टेरियल साबुनले खुट्टा धुनु, हावा खेल्न मिल्ने जुत्ता लगाउनु, नियमित मोजा फेर्नु, आश्यक परेमात्र जुत्ता लगाउनु यो समस्याबाट जोगिने उपायहरू हुन् । 'जुत्तालाई घाममा सुकाउनोस्, यसले जिवाणु मर्नुबाहेक जुत्तासमेत आद्रता मुक्त हुन्छ,' डा. झा भन्छन्- 'यसपछि समेत समस्या जस्ताको त्यस्तै देखिए चर्मरोग विशे षज्ञको सल्लाह लिनुपर्छ ।'
Read Full Discussion Thread for this article