Posted by: chanaa_tarkaari June 29, 2007
SAJHA SUCKS!
Login in to Rate this Post:     0       ?        
साझा यदि साँच्चिकै श्लील बनाउने हो भने, साझालाइ सफा राख्ने हो भने जथाभावि छाडा शब्दहरु प्रयोग गरेर कमेण्ट लेख्न प्रतिबन्ध गर्नु पर्यो । अश्लिल फोटो मात्र होइन अश्लील शब्द र गालीगलौज पनि आपत्तिजनक हुन्छन । जसरी फोटो टाँस्नेलाइ भन्दा हेर्नेलाइ लाज हुन्छ त्यसरी नै जथाभावि लेख्नेलाइ भन्दा पढ्नेलाइ लाज हुन्छ । अश्लील शब्दको भरमार बर्षात गरेर अरुलाइ गाली गर्दा कमेण्ट लेख्दा मज्जा आउने, तर वास्तबिकतालाइ जस्ताको तस्तै राख्ने फोटोहरु को बिरोध गर्ने, यो दोहोरो मापदण्ड त्याग्नु पर्यो । अश्लील फोटोको कारण परिवार सँग बसेर साझा हेर्न सकिएन रे, के तिनिहरु फोटो हेर्न मात्रै आउँछन कि कमेण्ट पढ्न पनि आउँछन ? भरमार अश्लील शब्दको प्रयोग गरीपको कमेण्टहरु परिवार सँगै बसेर मज्जा मानेर पढेका छन ? मेरो प्रश्न यो सबै जथाभावि कमेण्ट लेख्ने अश्लीलफोटोबिरोधिहरुलाइ । अश्लील फोटो राख्यो भनेर अश्लील शब्दले गाली गर्न चाहि हुने ? अश्लीलताको सीमा नाघेर जथाभावि लेख्दै आफुलाइ खूब सभ्य देखाउने ? अश्लील शब्द प्रयोग गर्दै अश्लीलताको बिरोध गर्ने ? वाह क्या गज्जबको काइदा !!!!! सुन्दरता आँखाको हेराइमा हुन्छ । अश्लीलता मनको बुझाइमा हुन्छ । श्लीलता बोलि र ब्यबहारमा जँचिन्छ । श्लील शब्दको प्रयोग गर्न नजान्नेले अश्लीलताको बिरोध गर्न सुहाउँदैन ।
Read Full Discussion Thread for this article