Posted by: anuz June 28, 2007
विज्ञापन, प्राबिधिक गडबडी र समाचार (नेपाली चलचित्र अवार्ड २०६४)
Login in to Rate this Post:     0       ?        
हिन्दी सिनेमा र अवार्ड प्रोगामको रसमा भिजेर हो कि के भएर हो, जति नेपाली स्टेज शो र अवार्ड प्रोगाम हेर्दा चित्त नै बुझ्दैन। केहि न पुगेको हो कि सबै थोक पुगेर पनि राम्ररि प्रस्तुत न भएको हो, खै कहिले बुझिएन। यो प्रोगाममा चाहि केहि राम्रो प्रस्तुतिकरण हुन्छ की भन्ने आश लिइ म उक्त प्रोगाम हेर्न बसेकी थिए। तर हेर्दै जाँदा केहि फरक पाइएन। उहि विज्ञापन, उहि प्राबिधिक गडबडी र उहि समाचार। - ७.३० र ८.३०को समाचारले बिचमा को को ले के के अवार्ड पाए टिप्नै पाइएन। त्यसैले विज्ञापन र समाचारको कारण उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक आदिहरु को भए मैले जानकारी गराउन सकिन। - हरेक ५-५ मिनेटमा झयाप्प झयाप्प गर्दै टिभीको स्क्रिन हरियो रँगमा आएर हैरान्। - तृप्ति र श्रिजना बस्नेतले अवार्ड पाएर के जिज्ञासा राख्नु भयो त्यो पनि जान्न पाइएन। - कसैले अवार्ड पाए र अनुरोध गरेर "आउनुहोस् उनिहरुलाई ताली बजाएर स्वागत गरौ" भने पछि मात्र तालीको आवाज सुनिन्थियो। - धेरै जना आफ्नो मोबाइलमै मस्त देखिनु हुन्थियो। - मनोनयनको क्लिप देखाउँदा चाहे त्यो उत्कृष्ट खलनायकको होस चाहे उत्कृष्ट हाँस्य कलाकारको क्लिप चाहि एउटै थियो। - मान्छे कता बोलिरहेका र क्यामेरा चाहि कता कता। - बिच बिचको विज्ञापनले झनै झर्को लगाउने। हेर्न चाहि एउटा कुरा मात्र राम्रो लाग्यो मलाई र त्यो थियो "गोपाल भुटानी र चन्द्रप्रकाश घिमिरे"जी को बारेमा जानकारी। अरु सबै प्रस्तुतिकरण चाहि खै के खै के। प्रतेक्ष्य प्रसारण पनि देखाउनु पर्ने अनि समाचार पनि। अवार्ड प्रोगाम पनि देखाउनु पर्ने अनि विज्ञापन पनि। मेरो बिचारमा अवार्ड प्रोगामलाई प्रतेक्ष्य प्रसारण नगरेर बरु भोलिपल्ट आरामले जे जे काटनु छ काटेर अनि जे जे मिलाउनु छ मिलाएर देखाउदा नै गुणस्तरिय देखिन्छ होला। http://jhakaas.com.np
Read Full Discussion Thread for this article