Posted by: anuz June 27, 2007
आँखादान महादान
Login in to Rate this Post:     0       ?        
आफु त जाने भए, तर आफ्ना दुई आँखाले संसार हेरिरहुन। आँखा बैंकको उदेश्य: हाम्रो नेपालमा गरिएको एक अन्धोपन सम्बन्धी सर्वेले सय व्यक्तिमा करिब एकजना (०.८ प्रति १००) अन्धो रहेको कुरा प्रष्ट पारेको छ। यसको पहिलो कारण आँखाको लेन्सको पारदर्शकत्वमा कमी आएर हुने मोतिबिन्दु हो भने आँखाको नानीमा फुलो पर्नु अन्धोपनको दोस्रो प्रमुख कारण हो। आँखाको नानीमा फुलो पर्नुलाई कुनै किसिमको उचित औषधीमुलो छैन र एक मात्र विकल्प भनेको आँखाको नानी फेर्नु हो जसले गर्दा अन्धाले फेरि देख्न सक्ने हुन्छ। मृत मानिसको शरिरबाट आँखाको नानी प्राप्त गरी,आँखाको नानी प्रत्यारोपणबाट अन्धाहरुलाई पुन:दृष्टि प्रदान गर्नु यसको मुख्य उदेश्य रहेको छ। आँखा प्रत्यारोपण के हो? आँखा फेरियो अथवा आँखाको प्रत्यारोपण गरियो भन्ने सुन्दा कता कता आँखाको डल्लो नै फेर्ने पो हो की भन्ने भान पर्नसक्छ। तर वास्तवमा आँखाको डल्लो नै फेर्ने नभई केवल आँखाको नानी मात्र प्रत्यारोपण अथवा फेर्ने हो, जसलाई आँखाको प्रत्यारोपण भन्ने गरिन्छ। आँखाको सबैभन्दा अगाडि बाहिरपटि रहेको पारदर्शक झिल्ली नै आँखाको नानी हो। यसरी कुनै कारणबस आँखाको नानीमा फुलो पर्न गई दृष्टिहीन भएकालाई दृष्टि प्रदान गर्ने उदेश्यले ती अन्धाको फुलो परेको आँखाको नानीलाई काटेर झिकिन्छ र बदलामा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकता अनुसार काटेर प्रत्यारोपण गरिन्छ। हाम्रो आहवा्न आँखाको नानीलाई खरानी हुन र माटोमा बिलिन हुनबाट जोगाऔ। जलेर जाने र माटोमा मिसिएर जाने नानी दान गरि दुईजना अन्धालाई नँया संसार देखाउने महान् मानवीय कार्य गर्नुहोस। आफ्नो घर, साथीभाइ, टोल, छरछिमेकका कोही कसैको मृत्यु भएमा आँखाको नानीदान लिन सहयोग गर्नुहोस्। आफ्ना त जानु भयो तर आफन्तको दुईवटा आँखाले सुन्दर संसार हेरिरहने सुवर्ण अवसर प्रदान गर्ने गर्औ। आँखाको नानीदान भएको व्यक्तिको आँखाको आँखाको नानी मात्र हो, आँखाको डल्लो नै हो भन्ने भ्रमबाट हामी मुक्त होऔं। Someone can see world with your eyes....... Date: Shrawan 5th Venue: Kastamandap Temple, Maru Time: 7AM Onwards DONATE YOUR EYES ! http://jhakaas.com.np
Read Full Discussion Thread for this article