Posted by: Poonte June 26, 2007
साहित्यिक रचना पेश गर्न आह्वान!
Login in to Rate this Post:     0       ?        
साझा कुराकानी हेर्दा, नेपाली साहित्यका हस्तिहरु थुप्रै देखेको छु, र वहाँहरुको रचना पढेर बरोबर आनन्द पनि लिएको छु। "अलायन्स फर डेमोक्रेसी एन्ड ह्यूमन राईट्स ईन नेपाल" ले बर्षेणी आयोजना गर्दै आएको "भानु जयन्ती" बनभोज कार्यक्रम यसपाली आउँदो जुलाई १५, २००७, रविवारका दिन न्यू योर्क शहरको क्वीन्स ब्रिज पार्कमा आयोजित गरिंदै छ। सहभागी हुन सक्नु हुने महानुभावहरुले कविता वाचन प्रतियोगितामा पनि भाग लिन सक्नु हुने छ। छुट्टै बाल कविता वाचन र भलिबल पर्तियोगिताहरु पनि आयोजना गरिने कुरा जानकारी गराउँछौं। उपस्थित भएर सहभागी हुन नसक्नु हुने महानुभावहरुले आफ्नो कविता, गजल, मुक्तक, लघु कथा, आदि साहित्यिक रचनाहरु निम्न ई-मेल मा पेश गरि यसपाली सो समारोहको उपलक्ष्यमा प्रकाशित गरिने बुलेटिनमा समावेश गराईदिन हुन आग्रह गर्दछौं। नगेन्द्र ईङ्नाम (ingnams@yahoo.com; or nynepaliliterature@gmail.com) सुजित ढकाल (dhakalsujit@yahoo.com) मणि बाङ्देल (manibangdel@hotmail.com) गीता खत्री (gitakhattri@gmail.com) समारोह स्थल बारे: Queens Bridge Park 40-10 Vernon Blvd. (41st Ave) Long Island City, NY 11101 Closest Subway: "F" train to 21st/Queens Bridge; or "N", "W" or "7" train to Queens Borough Plaza Walk towards the East River. The park is at the end (edge of the river) Date & time: Sunday, July 15th, 2007; 11:00 am onwards
Read Full Discussion Thread for this article