Posted by: nevermind June 22, 2007
Melamchi, ADB and Hisila Yemi
Login in to Rate this Post:     0       ?        

मेलम्चीमा एडीबी सहमत

कास काठमाडौं, असार ७ - एसियाली विकास बैंक -एडीबी) मेलम्ची खानेपानी आयोजनालाई निरन्तर सहयोग गर्न सहमत भएको छ । सरकारले प्रस्ताव गरेको 'संस्थागत सुधार प्रक्रिया' लाई स्वीकार गरी एडीबीले सहयोग जारी राख्ने जानकारी सरकारलाई बुधबार पत्र लेखी दिएको हो । आयोजनाको ऋण म्याद प्रारम्भिक रूपमा तीन महिना थप गरेको छ । सेभर्न टे्रन्टबाहेकका सर्त पूरा गर्ने र व्यवस्थापन करारका लागि अन्य विकल्प आपसी सहमतिका आधारमा तय गर्ने प्रस्ताव भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले एडीबीलाई गरेकी थिइन् । यमीले आयोजनासँग जोडिएको 'संस्थागत सुधार' -सेभर्न टे्रन्टबाहेक) का सर्त निर्धारित समयमा पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि एडीबी सहमत भएको हो । 'प्रस्तावलाई आधार मानेर एडीबीले प्रारम्भिक रूपमा तीन महिनाका लागि ऋणको म्याद बढाएको छ,' एडीबी मुख्यालयका महानिदर् ेशक कुनियो सांगाले भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीलाई लेखेको पत्रमा उल्लेख छ । पत्रको बोधार्थ अर्थ सचिव विद्याधर मल्लिकलाई पनि दिइएको छ । एडीबीको पत्र प्राप्त गरेको भोलिपल्ट भौतिक योजना तथा निर्माण मन्त्रालयले विज्ञप्ति जारी गरी 'आयोजना समयमा सम्पन्न हुनेमा विश्वस्त भएको,' जनाएको छ । एडीबीले म्याद थप गरिएको अवधिभित्र आयोजना पुनर्संरचना गर्ने भएको छ । मिलेर काम गर्ने सरकारी प्रस्तावलाई एडीबीले स्वीकार गरेको छ । Posted on: 2007-06-21 20:22:58 Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=113427
Read Full Discussion Thread for this article