Posted by: shirish June 21, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल बहर: मुतकारिब Boond Rana म बैह्रो र लाटो बनी चूप लागेँ म ढुङ्गा र माटो बनी चूप लागेँ भयो घाउ सन्चो भनेरै नबोली म टाटो र खाटो बनी चूप लागेँ कतै भोकले ज्यान लेला नि भन्दै म पीठो र आटो बनी चूप लागेँ म थाकेर यात्रा नबढ्ने हुनाले सधैँ ब्यस्त बाटो बनी चूप लागेँ भए लाजले ती त कालो र नीलो म रातो न रातो बनी चूप लागेँ सबै यामले नै सिकाएर आज म चीसो र तातो बनी चूप लागेँ । ------------------------------------------------------------------------------------ गजल छन्द: लोला Rashmi Asafal उज्यालो जूनले डाकेर म आएँ र देवी देवता भाकेर म आएँ निशाना वाणको पाएँ सुइँको त्यो तिमी नै हौ भनी ताकेर म आएँ पुकार्यौँ जोडले साथ बस भन्दै र हारेँ साँच्चिकै थाकेर म आएँ लजाई बस्दथेँ छोपेर मुहार पछ्यौरीले शिरै ढाकेर म आएँ । ---------------------------------------------------------------------- गजल Jeet Karki नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को म लाख बाजी मरे’नि ज्यूँदै रहन्छ माया मभित्र उन्को नमान शङ्का इमान उन्को विशुद्ध कञ्चन हिमाल जस्तै न जूनमा झैँ छ दाग मैलो अपूर्व कस्तो चरित्र उन्को हजार आँधी-तुफान चल्दा, बतास आगो बनेर बल्दा हरेक बाधा छिचोल्नुपर्दा अभिन्न बन्नेछु मित्र उन्को सचेतनाका पाहाड अग्लो, विनम्रताका समुन्द्र सिङ्गै मुसुक्क हाँस्ता सितार बज्ने प्रभाव कस्तो विचित्र उन्को । 'तन्नेरी' का यी गजलहरु दा------मी लागे!
Read Full Discussion Thread for this article