Posted by: Rahuldai June 21, 2007
Samacharpatra closure - Kathmandu Post
Login in to Rate this Post:     0       ?        
अब पुष्कर लाल को हुन्, उनको प्रिष्ठभूमि के हो भनेर खोतल्ने हो भने त लामो फेरिहस्त नै लेख्नु पर्ला। पत्रकार होइनन् रे पनि ठुलो मेडिया हाउसको हर्ता कर्ता मात्र होइनन्, प्रधान् सम्पादक हुन्। ज्ञानेको अन्तर्वार्ता लिने शौभाग्य पाएका पुष्कर लाल् लाइ चान्चुन मान्नु भएन। अब पत्रिका जो बन्द भयो यस भित्र अनेक कारण हुन सक्छ। पहिलो कुरा त समचार पत्र निकै घाटामा चलेको पत्रिका हुन्। माइ बाप ज्ञानेबाट पैसा झरेन। बन्द गर्नै पर्ने भो। दोस्रो, पुष्कर् र उन्को परिवारको बिगत र बर्तमान लाई अनुसन्धान गर्ने भए सीताराम् प्रसाईंले के गरेका थिए र वाइ सी एल रे झ्याईंकुटि गर्नको लागि? सीता रामका बाप हुन् उनी। तर पनि वाइ सी एल सङ चन्दाको धन्दा मा कुरा मिलुन्जेल सङै एकै थालमा खाए। मिडिया र पत्रकारिताको बिकास खमेरुज को कम्बोडियामा भएको थियो र अब प्रचण्ड ( क्रिष्ण बहादुर महरा)को नेपाल मा हुनको लागि? न माओको चिनमा थिए न अहिले को चिन मा छन्। मेडिया त के कुरा आम जनतालाई ब्रेडको लोभ देखाएर कैद गर्ने छन्। इतिहासले देखाएको कुरा हो। पोल्पोटका नयाँ संस्करणहरुको हरेको क्रियाकलाप् ले कम्बोडिया को मनव कंकालको कहालीलाग्दो म्युजियमको शाखा नेपालमै शिघ्र खोल्दै छन्। त्यसैले क्रमश: मेडिया को अबसान स्वाभाबिक छ। फेरि पनि एउटै रातो अखबार् मात्र छापिने छन्, रातो रेडियो बोल्ने छन अनि रातै टेलिभिजन भरि खाकि ड्रेसमा रातो तारा झल्किने छन्। भोलिको रक्तिम नेपाल् को तस्बीर यहि हो। बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पाको बींड।
Read Full Discussion Thread for this article