Posted by: भउते June 20, 2007
Login in to Rate this Post:
0
?
य त नेपालीको पार्टी जस्तो भो गाँठे।
सुरुमा नमस्कार, हजुर तपाईँ भन्यो। अनि जाँड खाएर खुट्टा बङ्ग्याउँदै सँगै नाच्यो। अनि लास्टाँ मुक्का हानाहान गरेर कसैको दाँत छैन, कसैको नाक छैन।
ओई गोताएँ, नमे, राते, तमाशा हेरेर हाँसेर हिड्ने हैन। यहाँ कुरो मिलाम्न आओ।
मुन्नीको चुल्ठो मेरो हाताँ, मेरो टुप्पी मुन्निको हाताँ भो कि जसको टुप्पी र चुल्ठो हो उसैको मा राखिदिन परो, नत्र दुबैको टुप्पी र चुल्ठो उखेलेर, बाटेर, त्यै माथिको चौतारीमा पिङ हाल्न परो।
तितौरी कता गै'छे। त्यसकी सोल्टिना ( दाइको सालीलाई सोल्टिना भन्छन क्या रे हैन? ) ले याँ दाइको टुप्पी उखेल्न लागी।
आज त सालीले साँच्ची नै किच्कन्डी बनेर भुत बङ्गला घुमाउन लैजान्छिन जस्तो छ। ल ल अब भद्र भएँ म। नपत्तयाए मेरो नाम नै भउते-भद्र शर्मा ! सालीका दिल खुश हुवा कि नही।