Posted by: freepressnepal June 20, 2007
समाचारपत्र स्थगित
Login in to Rate this Post:     0       ?        
http://www.bbc.co.uk/nepali/news/story/2007/06/070620_samachar_patra.shtml माओवादी मजदूरसितको विवादपछि राष्ट्रिय दैनिक बन्द आफ्नो पत्रिकाका साथ पुष्करलाल श्रेष्ठ प्रकाशकले प्राचण्डसंग समस्याका बारेमा गुनासो गरेपछि मजदूर विवाद अझ चर्कन पुगेको थियो नेपालको एउटा प्रमुख दैनिक पत्रिका नेपाल समाचारपत्रको प्रकाशन बुधबारदेखि बन्द गरिएको छ। नेकपा माओवादी निकट मजदूरहरुका मागलाई लिएर उत्पन्न विवाद चर्किदै गएपछि केहि दिनकालागि पत्रिका छाप्न रोक्नुपरेको प्रकाशकहरूले बताएका छन्। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भए यता राजनीतिक विवादका कारण राष्ट्रिय दैनिक बन्द भएको यो पहिलो घटना हो। दर्ता विवाद ट्रेड युनियन दर्ता सहितका माग गरिरहेका माओवादी निकट मजदूरहरुले मंगलबार विहानदेखि अबेर रातीसम्म नेपाल समाचारपत्रको कार्यालयमा कुनै कर्मचारीलाई पस्न नदिएपछि प्रकाशन बन्द गर्नुपरेको प्रकाशक तथा सम्पादक पुष्करलाल श्रेष्ठले बताएका छन्। नेपाल समाचारपत्र प्रकाशन गरिरहेको कामना प्रकाशनमा ट्रेड युनियन दर्ता गर्न दिइने बताउँदै उनले तर पत्रिका वितरणको जिम्मा लिएको छुट्टै कम्पनिमा कार्यरत मजदूरहरुले कामना अन्तर्गत दर्ता हुन चाहेपछि त्यसो गर्न नसकिएको बताए। तैपनि पटक पटक दबाब, आन्दोलन र धम्की आउन नरोकिएपछि दिक्दार भएर श्रेष्ठले स्वयं माओवादी अध्यक्ष प्रचण्ड सामु संस्थाको ऋण, पहुँच, लगानी र आम्दानी देखाएर प्रकाशन गृहको साँचो बुझाउन तयार रहेको दुखेसो सुनाएका थिए। चासो र चिन्ता आफूलाई अंगालो हाल्दै प्रचण्डले भनेको कुरा उद्धृत गर्दै श्रेष्ठले भने, "तपाईँ त सरकारले हामीलाई आतंककारी भनेका बेला समेत कसैले हिम्मत नगरेको वक्तव्य छाप्ने बहादुर पत्रकार, हाम्रो अन्तरवार्ता छाप्ने आँट गरेको मान्छे कहाँ त्यस्तो गर्नु। "तपाईलाई निकै चोट परेको महसुस भयो। हाम्रै पक्षको कमजोरी देखिन्छ। त्यस्तो गर्ने हाम्रो उदेश्य छैन। म कुरा गर्छु।" तर त्यसपछि मजदूर प्रतिनिधिहरु झन उग्र भएको उनले बताए। यसअघि अन्य दुई ठूला प्रकाशन गृहहरू कान्तिपुर र न्युज मिडिया प्रालिमा पनि माओवादी निकट मजदूरहरुले दबाबपूर्ण रुपमा ट्रेड युनियन दर्ता गरेका थिए। त्यस्ता गतिविधि नेपालका सिमित राष्ट्रिय पत्रिकाको सम्पादकीय स्वतन्त्रतालाई अप्रत्यक्ष रुपमा आफ्नो नियन्त्रणमा राख्ने माओवादी उद्येश्यबाट प्रेरित भएको हुनसक्ने पुष्करलाल श्रेष्ठको आशंका छ। यस सम्बन्धमा प्रतिकृया दिंदै सञ्चारमन्त्री समेत रहेका माओवादी नेता कृष्णबहादुर महराले पत्रिका बन्दको कारण बुझ्ने प्रयास भइरहेको बताए। उनले भने, "व्यवस्थापनले मजदूरहरुका जायज माग पूरा गरी आफै विवाद सुल्झाउनु पर्ने हो। पत्रिका नै बन्द गर्न हुँदैनथ्यो, त्यसो गर्ने हाम्रो उदेश्य होइन।" नेपाल पत्रकार महासंघले पत्रिका प्रकाशन अवरुद्ध गराउने कार्यको विरोध गरेको छ। बुधवार सम्पन्न महासंघको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। पछिल्लो जनआन्दोलनपछि प्रजातन्त्र पुनर्स्थापना भएयता नेपाली प्रेस आक्रमणको निशाना भइरहेको भन्दै राष्ट्रिय र अन्तरष्ट्रिय स्तरबाट चन्ता बढिरहेका बेला नेपाल समाचारपत्रको प्रकाशन बन्द हुन पुगेको छ।
Read Full Discussion Thread for this article