Posted by: Birkhe_Maila June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लु भान्जो चाइन्जो मजाओ चौतारि चिनेछौ तिउँरो गजपै होस यो बर्ख! :) हाम्रा तिर कइले आउँछौ कुन्नि? अलिकता खसिको सुकुटी बना'र राख्या थेँ। तिमि आयौ भने तिनपाने संअ चिरिप्प पार्नु पर्छ भनेर। अरु भुराभुरिलाई नि सकाइदिम न त, बरा मुख रसाइरा' होला सपैको! खसिको सुकुटि सुकाउने र बनाउने तरिका- सुकाउने तरिका-:) १)खसि वा भेडा(lamb) को राम्रो मासु ल्याउने। २)सकेसम्म बोसोहरु खुर्केर फाल्ने। २) एक देखि आधा सेन्टिमिटर जति मोटाई हुनेगरि सके सम्म लाम्चो गरेर रिबन जस्तरि काट्ने। ३) ओभनमा राख्ने भाँडो वा आलमुनियम फ्वाइलमा मजाले एक अर्कोसंग नटाँसिने र नगाभिने गरेर फिँजाउने। ४) ओभनलाई हल्का तापक्रममा (१५० डिग्रिमा नबढाई) राख्ने र मासुलाई ४ घन्टा जति ओभन भित्र राख्ने। २ घन्टामा मासुलाई पल्टाउने। ५) ओभन बाट झिकेपछि एक छिन त्यसै सेलाउन दिने। ६) अब ओभन बाट झिकेकै स्थितिमा मासुहरुलाई नबिगारिकन १२ घन्टा जति फ्रिजमा राख्ने। यतिबेला फ्रिजलाई लगभग सबै भन्दा चिसोमा राख्ने र मासुलाई नछोप्ने साथै मासुको वरिपरि कुनै कुरा नराख्ने। ७) फ्रिज बाट झिकेपछि एकछिन कोठाको तापक्रममा छोडिदिने। ८) फेरि ओभनलाई पहिलाको जस्तै तापक्रममा राखेर पहिलेकै तरिकाले १,२,३ कति घन्टा हुन्छ राख्ने (मासुको मोटाईमा भर पर्ने हुन्छ)। ९) बेला बेलामा हेर्ने, र साह्रो भएपछि झिक्ने। १०) बाल्कनि वा प्याटिओ भएकाहरुले नम्बर ८ को सट्टामा मजाले घाममा ३-४ घन्टा सुकाउँदा झन राम्रो हुन्छ। ११) मजाको सुकुटि तयार भयो। यसरि सुकाएको सुकुटिलाई पछिको लागि मजाले प्लास्टिकमा पोको पारेर राख्न पनि सकिन्छ। बनाउने तरिका-:) १) सुकुटिलाई चपिङ्ग बोर्डमा राखेर लोह्रो जस्तो जे पाइन्छ त्यसैले केहि थिच्ने। २) अब साना साना रुचि अनुसारको टुक्रा पार्ने। ३) तोरिको तेलमा फ्राइ गर्ने। ४)झिक्ने ५) पेपर टावलले मजाले पुछ्ने तातेको तेलको गन्ध हट्छ। ६) नून, खुर्सानिको धुलो, लसुन र अदुवाका साना साना टुक्राहरु, र धनियाको पात हाल्ने। ७)अलिकता तोरिको तेल र थोsssssरै जिराको धुलो हाल्ने। ८) कागति निचोरेर हाल्ने। ९)मजाले हातै हालेर मल्ने (हात धुने बानि भएकाहरुले मात्र) १०) चपचपि सुकुटि चपाउँदै तिनपाने चुरुप्प पार्ने। धन्यवाद्!
Read Full Discussion Thread for this article